Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

धाेबिनी गापाकाे हरिहपुरमा प्राथमिक स्वास्थ्य केन्द्रकाे शिलान्यास

spot_img
spot_img

लंगडी । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ हरिहरपुरमा बुधबार प्राथमिक स्वास्थ्य केन्द्रकाे भवन निर्माणकाे लागि एक कार्यक्रमकाे बिच शिलान्यास गरिएकाे छ ।

गाउँपालिकाकाे रु २५ लाखकाे लागतमा निर्माण हुने स्वास्थ्य केन्द्र भवनकाे शिलान्यास वडाध्यक्ष राजकिशाेर प्रसाद कुर्मीले गरेका थिए । भवन निर्माणकाे शिलान्यास गर्दै वडाध्यक्ष पटेलले ठेक्दार कम्पनीलाई समय मै निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत दिए ।

स्वास्थ्य केन्द्रकाे भवन निर्माण गर्ने जिम्मा नितु कन्ट्रक्सन भिखमपुरले लिएकाे छ । एक तल्ले भवनकाे निर्माण कार्य सम्झाैता मितिदेखी ५ महिना भित्र सम्पन्न गर्नु पर्ने छ । स्वास्थ्य केन्द्रकाे ४ वटा काेठा र २ वटा हल भएकाे एक तल्ले भवन निर्माण हुने वताइएकाे छ ।

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका बुथ सभापति बासदेव तिवारी, स्थानिय नेता धुरुप साह, नन्दु राउत कुर्मी, भिम साह, मखबुल मियाँ, राजेश पटेल, ठेक्दार कम्पनीका संचालक रामु प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...