Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सरस्वती पूजाको अवसरमा लंगडीमा संस्कृति कार्यक्रम (फाेटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । सरस्वती पूजा यस बर्ष पनि पर्सामा धुमधामको साथ मनाइएको छ । सरस्वती पूजा शिक्षण संस्था तथा विभिन्न गाउँ र टोलहरुमा सरस्वती मातामो पूजाअर्चना गरी मनाउनुको साथै सांस्कृतिक कार्यक्रम समेत गरिएको छ ।

सरस्वती पूजा कै अवसरमा मंगलबार धोबिनी गाउँपालिकाको वडा नं. ४ लंगडीस्थित रहेको ब्लु हैबन एकेडमी विद्यालयमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक सुदिल पटेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन अजिज मियाँ माध्यमिक विद्यालय धोबिनीका प्रधानाध्यापक जितेन्द्र रामले रिबन काटेर गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रधानाध्यापक रामले ग्रामिण भेगका विद्यालयहरुले पनि गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्ने वताए ।

उनले सहरको विद्यालयहरुले मात्र गुणस्तरिय शिक्षा दिन सक्ने अभिभावकहरुमा भ्रम रहेकोले त्यसको अन्त्यको लागि ग्रामिण भेगका विद्यालयहरुले पनि गुणस्तरिय शिक्षा दिनु पर्नेमा जोड दिए । 

पर्साको ग्रामिण भेगस्थित निजि विद्यालयहरुमा ब्लु हैबन एकेडमीले छुटै पहिचान कायम गर्न सफल भएको वताउदै उनले अझै राम्रो गर्न शुभकामना समेत दिए । 

कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्ररछात्राहरु नृत्य तथा चेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरु सुर्ति फटेल, साहबजान आलम, माया पटेल, भवानी पटेल, अन्तिमा महताे, करिशमा महताे, मुस्कान खातनु लगायतकाले भाग लिएका थिए ।

विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, भिखमपुरका प्रहरी चौकीका प्रहरी नायब निरिक्षक बसन्त थापा, पत्रकार शम्भु कुमार सुमन, धर्मेन्द्र चौरसिया, स्थानिय समाजसेवी सुनिल कुमार साह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमकाे संचालन विद्यालयका सह प्रधानाध्यापक अशाेक पटेलले गरेका थिए ।

कार्यक्रम मै बेस्ट स्टुडेन्ट वार्ड कक्षा ७ का उद्य कुमार पटेललाई, बेस्ट इनभेस्ट वार्ड शिक्षिका शोभा कुशवाहालाई र बेस्ट टिचिङ्ग वार्ड शिक्षक मनु कुमार पाण्डेलाई प्रदान गरिएको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...