Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सरावगीद्वारा सरस्वती मन्दिरको शिलान्यास

spot_img
spot_img

वीरगन्ज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बषन्त पञ्चमीको अवसरमा सरस्वती मन्दिर निर्माण स्थलको शिलान्यास गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रेल्वे माविमा निर्माण गर्न लागिएको सरस्वती मन्दिरको मंगलबार मेयर सरावगीले शिलान्यास गरेका हुन् ।

सरस्वती पूजाकै दिन विद्यालयले सरस्वती मन्दिरको निर्माण कार्य शुरुवात गरेको छ । शिलान्यास समारोहमा महानगर प्रमुख सरावगी सहित वडा नम्बर ९ का वडाध्यक्ष मनोज कलवार, विद्यालयका शिक्षक, शिक्षिका, व्यावस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै महानगर प्रमुख सरावगीले वीरगन्जका विभिन्न विद्यालय र क्याम्पसहरुमा पुगेर सरस्वतीको प्रसाद ग्रहण गर्नुका साथै विद्यालय र क्याम्पसहरुको अनुगमन निरीक्षण समेत गरेको उनको सचिवालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...