Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

भोजपुरीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

 वीरगंज । भोजपरी भाषामा शनिबार वीरगंजमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

भोजपुरी भाषाको जगेर्णा तथा प्रवद्र्धनको लागि नेपाल भोजपुरी समाजको आयोजनामा नेभोस भोजपुरी वक्तृत्वकला प्रतियोगिता २०७७ सम्पन्न भएको हो ।

वीरगंज पब्लिक कलेजको सभा हलमा ’’राष्ट्र निर्माण में युवा के भूमिका’’ नामक शिर्षकमा वक्तृत्वकला सम्पन्न भएको थियो । जसमा वीरगंजका ७ वटा कलेजको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सत्यम पब्लिक कलेजको कक्षा १२ कि छात्रा नेहा कुमारी साह प्रथम, नेशनल एकेडेमीका संदेश कुशवाहा द्वितीय र प्रिन्सटन मोडेल एकेडेमीका सन्दिप कुशवाहा तृतीय भएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलको भूमिका वरिष्ठ भोजपुरी साहित्यकार उमाशंकर द्विवेदी, वरिष्ठ पत्रकार चन्द्र किशोर र नेपाल भोजपुरी समाजकी सदस्य एवम् पोखरिया नगरपालिकाकी उप–प्रमुख सल्मा खातुन रहेका थिए ।

प्रतियोगितामा पत्रकार रितेश त्रिपाठी ,प्राध्यापिका सुष्मा तिवारी, नेपाल भोजपुरी समाजकी सदस्य एवं कन्या मा.वि.कि शिक्षिका अनिता साह लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...