Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

प्रजनन् स्वस्थ्य अधिकार सम्बन्धि एक दिने गाेष्ठि सम्पन्न

spot_img
spot_img

वीरगंज । गैर सरकारी संस्था महासंघ नेपाल पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा आङ खस्ने समस्या एवम् यौन तथा प्रजनन् स्वस्थ्य अधिकारका सवाल बिस्तारित सम्बन्धि एक दिने गाेष्ठि सम्पन्न भएकाे छ ।

वातावरणिय कृषि तथा विकास केन्द्र काठमाडाैंकाे सहयाेगमा प्रजनन् अधिकार कार्यक्रम अन्तर्गत नगर सभा गृह वीरगंजमा भएकाे गाेष्ठि सम्पन्न भएकाे हाे ।

गाेष्ठिकाे उद्घाटन कार्यक्रममा वाेल्दै गैर सरकारी संस्था महासंघ नेपाल पर्साका पूर्व अध्यक्ष कमल माेहन पाेखरेलले महिला प्रजनन् अिधकारकाे सवालमा स्थानिय तहसंगकाे समन्वय जरुरी रहेकाे वताए । उनले गैर सरकारी संस्थाहरुले स्थानिय तहसंग समन्वय गरि यस क्षेत्रमा बजेट छुट्याउन पहल गर्नु पर्ने सुझाए ।

अर्का पूर्व अध्यक्ष सुरेश कुशवाहाले सरकारी कार्यालयले गर्न नसकेकाे काम गैर सरकारी संस्थाले गरेकाे वताउदै महिलाकाे प्रजनन् अधिकारकाे सवालमा पनि विभिन्न संघ/संस्था संग समन्वय गरी काम गर्नु पर्ने वताए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएकाे कार्यक्रममा महासंघ प्रदेश नं. २ का सदस्य नरेश जयसवाल, महासंघ पर्साकी उपाध्यक्ष अर्चना गुप्ता, सचिव चन्देश चौहान लगायतकाले मन्तव्य राखेका थिए ।

महिला प्रजनन् अधिकारकाे क्षेत्रमा काम गर्ने पर्साका १० गैर सरकारी संस्थाका एक महिला र एक पुरुष प्रतिनिधि गरी २० जनाकाे सहभागिता रहेकाे गाेष्ठिमा प्रशिक्षक ईश्वरी नेपाल, निर्मल साह, रमेश भटराईले प्रशिक्षण दिएका थिए ।

गाेष्ठिले ब्रिलिएन्ट युवा क्लब कालिकामाई गाउँपालिकाकाे संयोजकत्वमा ११ सदस्यीय आङ खस्ने समस्या एवम् याैन तथा प्रजनन् स्वास्थ्य संजाल गठन समेत गरेकाे गैर सरकारी संस्था महासंघ नेपाल पर्साका काेषाध्यक्ष मनाेज यादवले वताए ।

जुन संजालकाे सदस्यमा अरुणोदय युवा क्लब, दिब्य युवा क्लब, समाजिक संस्था जिल्ला समन्वय समिति, नारी सिप कला केन्द्र, सुर्याेदय युवा क्लब, युवा जनशक्ति समाज नेपाल, न्यु नमुना युवा क्लब, एसडिसीसी, त्रिनेत्र युवा क्लब र किड संस्था रहेको काेषाध्यक्ष यादवले जानकारी दिए । 

गाेष्ठिकाे समापन्न समारोहमा सहभागिहरुकाे तर्फबाट निर्मला भण्डारी, जयनारायण चौधरी, मालती गुप्ता लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...