Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हत्या आराेपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

spot_img
spot_img

वीरगंज । बाराकाे महागढीमाई नगरपालिका वडा नं. १ निवासी ४८ बर्षिय कान्ति देबीकाे हत्या आराेपमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेकाे छ । महिलाकाे हत्या आराेपमा पक्राउ परेका दुई जनालाई शुक्रबार बारा प्रहरीले पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक गरेकाे हाे ।

हत्या गर्ने बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ बरियारपुर कचहरी टाेल निवासी ४२ बर्षिय लालबाबु प्रसाद कुशवाहा र हत्या गराउने साेही नगरपालिका वडा नं. १ काे बरियारपुर, मठवा टाेल निवासी ४८ बर्षिय धनेश्वरी देबी कुशवाहालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय, बाराले जनाएकाे छ ।

 घटनास्थलमा अभियुक्तकाे राताे गम्छा र औठी भेटिएकाे आधारमा अभियुक्तलाई पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहिले जानकारी दिएका । घटना स्थलमा भेटिएको औठी र गम्छा अभियुक्त लालबाबु प्रसाद कुशवाहाको भएको पुष्टि भएको र निजले आफुले घटना समेत घटाएको स्विकार गरिसकेकाे उनले वताए ।

मृतक परिवार र पक्राउ परेकी छिमेकी धनेश्रवरी विच जग्गा, जमिन र अन्य विविध विषय समेत किचलाे वादबिवाद, रिसीभी रहेकाेले अपराधिक प्रवृतिका लालबाबुलाई परिचालित गरी घटना घटाएकाे खुल्न आएकाे उनले जानकारी गराए ।

पक्राउ परेका लालबाबु विगतका दिनमा २०५६ साल देखी २०६१ सालसम्म डाँका, हातहतियार र सर्वाजनिक अपराध मुदामा पक्राउ परि सजाय भाेगि सकेकाे व्यक्ति हुन् ।

घटना अनुसन्धानकाे लागि धनुषाकाे लालगढबाट कुकुर सहितकाे बिशेषज्ञ टाेली झिकाई घटना स्थलककाे सुक्ष्म अनुसन्धान गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...