Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

हत्या आराेपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

spot_img
spot_img

वीरगंज । बाराकाे महागढीमाई नगरपालिका वडा नं. १ निवासी ४८ बर्षिय कान्ति देबीकाे हत्या आराेपमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेकाे छ । महिलाकाे हत्या आराेपमा पक्राउ परेका दुई जनालाई शुक्रबार बारा प्रहरीले पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक गरेकाे हाे ।

हत्या गर्ने बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ बरियारपुर कचहरी टाेल निवासी ४२ बर्षिय लालबाबु प्रसाद कुशवाहा र हत्या गराउने साेही नगरपालिका वडा नं. १ काे बरियारपुर, मठवा टाेल निवासी ४८ बर्षिय धनेश्वरी देबी कुशवाहालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय, बाराले जनाएकाे छ ।

 घटनास्थलमा अभियुक्तकाे राताे गम्छा र औठी भेटिएकाे आधारमा अभियुक्तलाई पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहिले जानकारी दिएका । घटना स्थलमा भेटिएको औठी र गम्छा अभियुक्त लालबाबु प्रसाद कुशवाहाको भएको पुष्टि भएको र निजले आफुले घटना समेत घटाएको स्विकार गरिसकेकाे उनले वताए ।

मृतक परिवार र पक्राउ परेकी छिमेकी धनेश्रवरी विच जग्गा, जमिन र अन्य विविध विषय समेत किचलाे वादबिवाद, रिसीभी रहेकाेले अपराधिक प्रवृतिका लालबाबुलाई परिचालित गरी घटना घटाएकाे खुल्न आएकाे उनले जानकारी गराए ।

पक्राउ परेका लालबाबु विगतका दिनमा २०५६ साल देखी २०६१ सालसम्म डाँका, हातहतियार र सर्वाजनिक अपराध मुदामा पक्राउ परि सजाय भाेगि सकेकाे व्यक्ति हुन् ।

घटना अनुसन्धानकाे लागि धनुषाकाे लालगढबाट कुकुर सहितकाे बिशेषज्ञ टाेली झिकाई घटना स्थलककाे सुक्ष्म अनुसन्धान गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...