Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

काठमाडाैंमा हुने जनप्रदर्शनमा सहभागि हुन पर्साबाट ५० बस प्रस्थान

spot_img
spot_img

वीरगंज । नेकपा प्रचण्ड-माधव समुहकाे बुधबार काठमाडाैंमा हुनेमा जनप्रदर्शनमा सहभागि हुन पर्साबाट ५० वटा बस प्रस्थान गरेकाे जनाइएकाे छ ।

प्रतिगमन विरुद्ध  हुने विशाल जनप्रदर्शनमा सहभागि हुन मंगलबार सांझ पर्साकाे विभिन्न पालिकाबाट ५० वटा बस र ५० वटा भन्दा बढी चार पाङग्रे सवारी साधनहरु काठमाडाैंकाे लागि प्रस्थान गरेकाे अनेरास्ववियूका केन्द्रिय सदस्य जुबेर आलमले वताए ।

जस मध्ये वीरगंजबाट मात्र १८ वटा बस काठमाडाैंकाे लागि प्रस्थान गरेकाे उनले जानकारी दिए । अन्य पाेखरिया नगरपालिका, पर्सागढी नगरपालिका, बिन्दवासिनी गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, जगरनाथपुर गाउँपालिका लगायतकाे ठाउँबाट बसहरु खुलेकाे उनले जानकारी गराए । 

नेकपा केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला सचिव विजय महताे र वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीकाे नेतृत्वमा सबै बसहरु काठमाडाैंकाे लागि प्रस्थान गरेकाे जनाइएकाे छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम र प्रतिगमन विरुद्ध काठमाडाैंमा हुने विशाल जनप्रदर्शनमा पर्साबाट दुई हजार भन्दा बढी मानिसहरु सहभागि हुने वताइएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...