Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुरमा पराल बाेकेकाे ट्रकमा आगलगी

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं‌. ४ खेस्राहास्थित मंगलबार पराल बाेकेकाे एक ट्रकमा आगलगी भएकाे छ । ना‍. २ ख. ९६९५ नम्बरकाे पराल बाेकेकाे ट्रकमा आगलगी भएकाे हाे ।

आगलगीले ट्रकमा रहेकाे पराल जलेर पुर्ण रुपले नष्ट भएकाे छ भने ट्रकका सहचालक समेत घाइते भएका छन् । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. २ कटया निवासी २८ बर्षिय श्याम पटेल घाइते भएका हुन् । उनकाे हात र घुटामा जलेकाे छ ।

विधुतकाे तारले आगलगी भएकाे ट्रककाे बडीमा मात्र क्षति पुगेकाे छ ।

वीरगंज महानगरपालिका र पाेखरिया नगरपालिकाबाट पुगेकाे दुई वटा दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे स्थानियहरुले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...