Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

लागू औषध चरेशसहित बहुदरमाईका देवान पक्राउ

spot_img
spot_img

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध चरेशसहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ निवासी ६० बर्षिय मुसलिम देवान रहेका छन् । प्रहरीले उनलाई ९ किलो २० ग्राम चरेश, ९ सय २० ग्राम चरेश बनाउँने लाषा र ३ वटा चरेश पेल्ने मेशिनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले देवानको घरमा छापामारी गरेर उक्त परिणामको लागूऔषध बरामद गरेको जनाएकाे छ । देवानले विक्री प्रायोजनाका लागि आफ्नो घरमा चरेश लुकाएर राखेको सूचनाको आधारमा छापामारी गरेकाे थियाे ।

घरको कोठा भित्र लुकाई छिपाई राखिएको आधा किलोको १२ पोका र २ सय ५० ग्रामको १२ पोका गरि ९ किलो २० ग्राम चरेश र ९ सय २० ग्राम चरेश बनाउँने लाशा र चरेश पेल्ने ३ वटा मेशिन फेला परेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । 

देवानलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...