Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

स्रोत नखुलेको नेरु ४९ लाख सहित दुई भारतिय पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयासहित २ जनालाई पक्राउ गरेको छ ।

बाराको फेटा गाउँपालिका वडा न. ५ जोतपुरमा चेकजाँचको क्रममा उक्त रकम बरामद भएकाे बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।

बाराको जोतपुरस्थित दशगजा क्षेत्रमा बि‍.आर. ०५ वाई ६५१७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल आउँदै गरेका मोटरसाइकल चालक भारत बिहारको मोतिहारी ग्रामपञ्चायत हरपुर घोडासहन बस्ने २६ वर्षिय अरविन्द महतो र पछाडी बस्ने १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट १ हजार दरको १ हजार २ सय २३ थान, ५ सय दरको ५ हजार ७ सय ४ थान, १ सय दरको १२ सय थान र ५० दरको १ सय थान गरी जम्मा ४९ लाख रुपैया बरामद गरिएको प्रहरी नायब उपरिक्षक मिश्राले बताए ।

पक्राउ परेकाहरुकाे बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र साहीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...