Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

संसद विघटनले देशमा राजनैतिक संकट सिर्जना भएकाे छ : डा. महत

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले शनिबार पनि संसद विघटनको बिरुद्ध वीरगंजमा बिरोध प्रदर्शन गरेको छ । वीरगंजको घण्टाघरबाट निस्केको बिरोध जुलुश माईस्थान, महावीरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघर पुगी कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा. रामशरण महतले प्रतिनिधि सभा विघटनपछि घोषणा गरिएको मध्यावधी चुनावले कांग्रेसलाई राम्रो अवसर प्राप्त भएको भएपनि आफूहरु विघटनको विरुद्धमा भएको बताए । उनले प्रतिनिधि सभा विघटनले कांग्रेसलाई फाइदा हुने भनी धेरैले टिप्पणी गरिरहेको भएपनि काँग्रेस पार्टीगत नभई राष्ट्रगतका हितका लागि प्रतिबद्ध भएको बताए ।

त्यसैले काँग्रेस प्रतिनिधि सभाको पुर्नस्थापनकाे पक्षमा रहेको नेता महतले प्रष्ट पारे । सरकारले देशको आर्थिक सामाजिक क्षेत्रलाई सुधान गर्ने तिर ध्यान दिनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी देशमा राजनैतिक संकट सिर्जना गरेको आरोप समेत डा. महतको रहेको थियो ।

नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुको आयोजनामा भएको बिरोध प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रिय अजय चौरसिया, पर्सा जिलला सभापति अजय दुवेदी, नेता राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्य राजेश्वर साह, ओमप्रकाश शर्मा लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...