Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

दोश्रो मेयर रनिङ्ग शिल्डमा सिद्धार्थ र वीरगन्जको अग्रता

spot_img
spot_img

वीरगन्ज । वीरगन्जको आदर्शनगर रंगशालमा जारी दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ वीरगन्ज पब्लिक सेकेण्ड्री स्कुल र छात्रातर्फ सिद्धार्थ मावि अगाडि रहेका छन् ।

माघ १७ गतेदेखि जारी प्रतियोगितामा पर्सा जिल्लाभरीका सामुदायिक र निजी गरी ५० वटा विद्यालयका खेलाडीहरुले भाग लिएका छन् । आज (शुक्रबार) भएको विभिन्न स्पर्धामा १९ छात्रातर्फ १९ अंक सहित सिद्धार्थ मावि पहिलो स्थानमा र छात्रतर्फ १६ अंक सहित वीरगन्ज पब्लिक सेकेण्ड्री स्कुल पहिलो स्थानमा रहेका छन् ।

शुक्रबार ट्र्याक इभेण्टमा १०० मिटर, २०० मिटर, ४००, ८००, १५०० र ३०००, ५०००, ४ह१०० र ४ह४०० मिटरको दौड प्रतियोगिता भएको थियो । त्यस्तै फिल्ड इभेण्टमा हाईजम्प, लङ्गजम्प, सटफुट, त्रिपलजम्प लगायतका खेलहरु भएका थिए । रनिङ शिल्डको अन्तिम फाईनल खेल भोली हुने वीरगन्ज महानगरपालिकाका खेल प्रशिक्षक प्रकाश शर्माले जानकारी दिए ।

फूटबल र कवड्डी फागुन १ गतेदेखि र क्रिकेट १५ गतेदेखि हुने महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...