Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

दोश्रो मेयर रनिङ्ग शिल्डमा सिद्धार्थ र वीरगन्जको अग्रता

spot_img
spot_img

वीरगन्ज । वीरगन्जको आदर्शनगर रंगशालमा जारी दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ वीरगन्ज पब्लिक सेकेण्ड्री स्कुल र छात्रातर्फ सिद्धार्थ मावि अगाडि रहेका छन् ।

माघ १७ गतेदेखि जारी प्रतियोगितामा पर्सा जिल्लाभरीका सामुदायिक र निजी गरी ५० वटा विद्यालयका खेलाडीहरुले भाग लिएका छन् । आज (शुक्रबार) भएको विभिन्न स्पर्धामा १९ छात्रातर्फ १९ अंक सहित सिद्धार्थ मावि पहिलो स्थानमा र छात्रतर्फ १६ अंक सहित वीरगन्ज पब्लिक सेकेण्ड्री स्कुल पहिलो स्थानमा रहेका छन् ।

शुक्रबार ट्र्याक इभेण्टमा १०० मिटर, २०० मिटर, ४००, ८००, १५०० र ३०००, ५०००, ४ह१०० र ४ह४०० मिटरको दौड प्रतियोगिता भएको थियो । त्यस्तै फिल्ड इभेण्टमा हाईजम्प, लङ्गजम्प, सटफुट, त्रिपलजम्प लगायतका खेलहरु भएका थिए । रनिङ शिल्डको अन्तिम फाईनल खेल भोली हुने वीरगन्ज महानगरपालिकाका खेल प्रशिक्षक प्रकाश शर्माले जानकारी दिए ।

फूटबल र कवड्डी फागुन १ गतेदेखि र क्रिकेट १५ गतेदेखि हुने महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...