Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

नेकपा प्रचण्ड-माधव समूहकाे आमहड्ताल, प्रकाउ परेका ३५ जना रिहा भए

spot_img
spot_img

वीरगन्ज । नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदमकाे विरुद्ध आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहिबार वीरगन्जमा पनि पर्याे । विहानैदेखि वीरगन्ज बजारका पसलहरु बन्द रहेको अवस्थामा प्रहरीले आन्दाेलनकारीहरुलाई नियन्त्रणमा लिन थालेपछि दिउसाेदेखी आँशिक रुपमा खुलेकाे थियाे ।

वीर‌गंजका शिक्षण संस्था, चार पांग्रे तथा लामाे दुरीकाे सवारी साधनहरु पूर्ण रुपले थप रह्याे भने माेटरसाइकल तथा सानाे दुरीकाे सवारी साधनहरु आंशिक रुपमा संचालनमा रह्याे ।

विहानैदेखि नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताहरु पसलहरु बन्द गराउन खोज्दा प्रहरी र आन्दाेनकारीबिच झडप समेत हुने अवस्था सिर्जना भएर वीरगन्जकाे घण्टाघर क्षेत्र केहीबेर तनावग्रस्त समेत बनेको थियो । 

प्रहरीले वीरगंजकाे घण्टाघर क्षेत्रबाट नेकपाका वीरगंज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, जिल्ला कमिटी सदस्य मनाेज चाैधरी, सुनिल कुशवाहा,  टुनटुन तिवारी, नेता अरविन्द सिंह, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियूका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलम, विद्यार्थी नेता रामबाबु मण्डल, दिलसाद अहमद, धुरेन्द्र पटेल, साेनु अन्सारी, नितेश गुप्तालाई नियन्त्रणमा लिएकाे थियाे ।

यसैगरी, नेकपा प्रदेश कमिटी सदस्य रामबाबु बैठा, विद्यार्थी नेता विवेेक साह, फिराेज आलम, सरिफ अन्सारी, सरिफ अन्सारी, लालबाबु प्रसाद यादव, व्यास यादव, लालबाबु पटेल, जावेद अली, अनिल कुमार गुप्ता, महेश कुमार पटेल, शशिबाबु गुप्ता, जुमादिन अन्सारी लगायतकालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

पक्राउ परेका सबै जनालाई प्रहरी सांझ ५:३० बजे छाेडेकाे थियाे । पक्राउ परेका मध्येका वीरगंज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीकाे जिम्मामा प्रहरी सांझ सबैजनालाई छाेडेकाे अनेरास्ववियुका अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेेर आलमले वताए ।

प्रजिअ तामाङकाे गाडीमा ढुंगा प्रहार

cdo ko gadiवीरगंजकाे घण्टाघरमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङकाे गाडीमा ढुंगा प्रहार भएकाे थिए । वीरगंजकाे घण्टाघरमा जम्मा भएका आन्दाेलनकारीहरुले जिल्ला प्रशासन कार्यालयबाट घण्टाघर भएर एक कार्यक्रमकाे उद्घाटन गर्न जादै गरेकाे प्रजिअ तामाङकाे गाडीमा ढुंगा प्रहार भएकाे थियाे । त्यसपछि प्रहरीले कडा एक्सनमा उत्रेपछि आन्दाेलनकारीहरुकाे भागदाैड समेत मचेकाे थियाे ।

ढुंगा प्रहारबाट अधिकारी तामाङकाे गाडीमा कुनै किसिमकाे क्षति नभए पनि ढुंगा प्रहार गर्ने शंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएकाे थियाे । प्रकाउ परेका सुनिल राय, उद्य मुखिया, रविन्द्र कुमार यादव लगायतका चारै जनालाई पनि प्रहरीले आन्दाेलनकारीहरुसंगै सांझ छाेडेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...