Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वडाध्यक्ष मियाँ विरुद्ध जिप्रका र वीरगंज महानगरपालिकामा ज्ञापन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय एकता अभियानले आइतबार जिल्ला प्रशासन कार्यालय र वीरगंजमा महानगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २१ का वडाध्यक्ष हबिब मियाँले राजहंस घियु उद्याेगकाे प्रभावमा आएर त्यस अगाडीकाे बस्ती मात्र खाली गराएकाे भन्दै अभियानले पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

वडाध्यक्ष मियाँले जातिय र आर्थिक प्रभावमा आएर उद्याेग अगाडीकाे जग्गामा रहेकाे दलित, गरिब र निमुखा परिवारकाे बस्ती मात्र खाली गराएर अन्यायपूर्ण काम गरेकाे अभियानले आराेप लगाएकाे छ । साविककाे रेल्बेकाे जग्गामा रहेकाे उद्याेग अगाडी जग्गा मात्र खाली गराउनु र वडाध्यक्ष समेतकाे घर साविक कै रेल्बेकाे जग्गा रहे पनि खाली नगराउनु अन्यायपूर्ण भएकाे अभियानले बुझाएकाे ज्ञापन पत्रमा उल्लेख छ ।

रेल्बेकाे जग्गामा रहेकाे वडाध्यक्षसहितकाे घरहरु पनि खालि गराउनु पर्ने अभियानले माग समेत गरेकाे छ । अभियानका केन्द्रिय सदस्य कृष्ण साहकाे नेतृत्वमा बुझाइएकाे ज्ञापन पत्रमा उद्याेगकाे मिलाेमताेमा भएकाे गतिविधि नियन्त्रण गर्दै आवश्य छानविन गरी कारवाही गर्न माग समेत गरिएकाे  छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...