Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

इकाेनाेमिक रिपाेटर्सद्वारा दुई पत्रकारसहित ४ जना सम्मानित

spot_img
spot_img

वीरगंज । इकाेनाेमिक रिपाेटर्स एसाेसिएशन नेपालले आज एक कार्यक्रमका बिच दुई पत्रकारसहित ४ जनालाई सम्मान गरेकाे छ ।

एसाेसियशनले नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चाैहान, खाेज पत्रकारिता केन्द्र काठमाडाैंका अध्यक्ष चन्द्रकिशाेर झा, वीरगंज उद्याेवाणिज्य संघका अध्यक्ष गाेपाल केडिया र बरिष्ठ उपाध्यक्ष शुबाेध गुप्तालाई सम्मान गरेकाे हाे ।

वीरगंजकाे गण्डकस्थित क्लर्कस रिसाेर्टमा आयाेजित एसाेसियशनकाे समिक्षा भेलामा कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ पत्रकार जगदिश शर्माले चारै जनालाई सम्मान पत्रले सम्मान गरे ।

संघिय संरचना मुलुक गएपछि वीरगंजबाट नेपाल पत्रकार महासंघकाे प्रदेश अध्यक्ष भएकाेमा दिपेन्द्र चाैहानलाई, वीरगंज कै पत्रकार चन्दकिशाेर झा खाेज पत्रकारिता केन्द्र काठमाडाैंकाे अध्यक्ष भएकाेमा र वीरगंजबाट नै उद्याेग वाणिज्य संघ नेपालकाे कार्यकारणी सदस्यमा निर्वाचित भएका गाेपाल केडिया र सुबाेध गुप्तालाई सम्मान गरिएकाे एसाेसिएशनका निर्वतमान अध्यक्ष रितेश त्रिपाठीले वताए ।

एसाेसिएशनका अध्यक्ष ओमप्रकाश खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंजका बरिष्ठ उद्याेगी अशाेक बैध, अशाेक टेमानी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...