Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

वीरगंजमा काेराेना विरुद्धकाे पहिलाे खाेप नर्स हेमा थापालाई लगाइयाे

spot_img
spot_img

वीरगञ्ज । नेपालमा आजदेखि कोरोना भाइरस विरूद्धको खोप अभियान सुरू भएको छ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएकाे खोप लगाउने कार्य सुरु भएकाे हाे ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एकजना महिला स्वास्थ्यकर्मीलाई खोप लगाएर कार्यक्रमको सुरुवात गरिएको छ । नारायणी अस्पतालको एनआईसियू वार्डकी इन्चार्ज नर्स हेमा थापालाई प्रदेश नम्बर २ मा पहिलो खोप दिइएको थियो । 

प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा नारायणी अस्पतालमा आयोजित एक कार्यक्रमबीच थापालाई खोप लगाइएको अस्पतालकाे थियाे ।

त्यसपछि नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुर, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चाैरसिया लगायतका स्वास्थ्यकर्मीहरुलाई खाेप लगाउने कार्य भइरहेकाे छ ।

अस्पतालले आज पहिलो दिन एक सय जनाभन्दा बढीलाई खोप लगाउँने लक्ष्य बनाएको मेसु डा. ठाकुरले बताए । उनले पहिलो चरणमा जनस्वास्थ्य कार्यालय पर्सामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम राखिएको छ ।

दोस्रो चरणमा फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइने योजना रहेको छ ।

सरकारले स्वास्थ्य कार्यालय पर्सालाई पहिलो चरणको खोप कार्यक्रमका लागि ५ हजार जनालाई पुग्ने खोप उप्ल्बब्ध गराएकाे छ । जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार स्वास्थ्य कार्यालयसँग भएको खोप अन्य अस्पताल र निजि स्वास्थ्य संस्थालाई पनि उपलब्ध गराइने छ ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का विघटित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमारलगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार काठमाडौँस्थित टेकु अस्पतालमा खोप अभियान कार्यक्रमको शुभारम्भ गरेपछि देशभरी पहिलो चरणमा फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मीहरुलाई खोप दिन थालिएको हो ।  

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वर्षाले रोक्न सकेन गहवामाई रथयात्राको उत्साह, एक लाखभन्दा बढी श्रद्धालुको सहभागिता

वीरगंज । वीरगंजस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ भव्य तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।...

अविरल वर्षाको कहर : पर्सामा चट्याङ, बाढी र डुबानले जनजीवन प्रभावित, १० जना घाइते

सेढवा । पर्सा जिल्लामा गएरातिदेखि परेको मेघगर्जनसहितको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । चट्याङ, बाढी र डुबानका कारण सर्वसाधारणसँगै किसानहरू पनि समस्यामा परेका...

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...