Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजमा नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन

spot_img
spot_img

बीरगंज । संसद विघटन् बिरुद्ध वीरगंजमा नेपाली कांग्रेसले वडा स्तरीय बिरोध प्रदर्शन गरेको छ । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरामा नेपाली कांग्रेसले बिहीबार बिरोध प्रदशर्दन गरेको हो । पिपरा धर्मशालाबाट बुथ सभापति संजय प्रसाद साह तेलीको नेतृत्वमा निस्केको ¥यालीले वडा परिक्रमा गरी गण्डकस्थित तेजबहादुर अमात्यको शालिकनिर सम्पन्न भएको थियो ।

बिरोध ¥यालीमा तराई मधेश विभागका केन्द्रिय सचिव रामनारायण कुर्मी, रामबाबु नेका नेता प्रसाद कुर्मी, आसपुरन पटेल, शिवशंकर पटेल, सम्साद अंसारी, आविद अंसारी, मेराज अंसारी लगायतको सहभागिता रहेको थियो ।

यस्तै वीरगंज महानगरपालिका वडा न. ११,१२ र १३ बाट पनि वडा स्तरीय संयुक्त विरोध ¥याली निकाली वीरगंजमा प्रदर्शन भएको छ । संयुक्त रुपमा निस्केको बिरोध ¥यालीले वीरगंजको विभिन्न ठाउहरूको परिक्रमा गर्दै घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै वक्ताहरुले ओली सरकारको कदम अलोकतांत्रिक भएको बताउँदै लोकतंत्रको रक्षाका लागि सरकरको प्रतिगामी कदमको सबैले मिलेर विरोध गर्नु पर्ने आग्रह गरेका थिए ।

बिरोध प्रदर्शनमा बीरगंज महानगरपालिकाकि उप–मेयर शान्ति कार्की,नेपाली, तराई मधेश विभागका केन्द्रिय सचिव रामनारायण कुर्मी, कांग्रेस पर्साका नेता अरविन्द गुप्ता,नेपाली कांग्रेस पर्साका प्रवक्ता जितेन्द्र पुरूष ढकाल, महाधिवेशन प्रतिनिधि किरण सरकार लगायतको सहभागिता रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...