Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पाेखरियामा लैंगिक हिंसा एवम् समाजिक कुरुती विरुद्धकाे जनचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज ।  पाेखरियामा साेमबार लैंगिक हिंसा एवम् समाजिक कुरुती विरुद्धकाे जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ । पाेखरिया नगरपालिकाकाे सहयाेग र इलाका प्रहरी कार्यालय पाेखरियाकाे आयाेजनामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममा वाेल्दै पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले लैंगिक हिंसा न्युनिकरणकाे लागि महिलाहरु अगाडी आउन जरुरी रहेकाे वताए ।

कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका मेयर राैनियारले त्यसकाे लागि शिक्षा जाेड दिन जरुरी रहेकाे धारणा राख्नु भयाे ।

संघिय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरिक्षक किशाेर कुमार दहालले महिला नेतृत्व तहमा आएपछि मात्र लैंगिक हिंस न्युनिकरण गर्न सकिने वताए । उनले प्रहरीकाे एकलाे प्रयासले मात्र हिंसा न्युनिकरण सम्भव नरहेकाे वताउदै बिशेष गरी युवाहरुकाे सहयाेग जरुरी रहेकाे धारण राखे ।

प्रहरी बरिष्ठ उपरिक्षक दहालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, वडाध्यक्ष लक्ष्मण साह, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापा, सशस्त्र प्रहरी बेस क्याम्प पाेखरियाका प्रहरी निरिक्षक अमर राय, पाेखरिया युवा समाजका सुजित गिरी लगायतकाले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...