Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

बलिदानी दिवसमा शहिद शत्रुधन पटेलकाे शालिकमा माल्यार्पण

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुरमा शहिद शत्रुधन पटेलकाे शालिक सरसफाइ र माल्यार्पण गरेर बलिदानी दिवस मनाइएकाे छ ।

पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. ३ पकहा मैनपुर चाैकस्थित रहेकाे शहिद पटेलकाे शालिक सरसफाइ गर्नुकाे साथै माल्यार्पण गरेर साेमबार बलिदानी दिवस मनाइएकाे जनता समाजवादी पार्टीका स्थानिय नेता नवलकिशाेर पटेलले जानकारी दिए ।

बलिदानी दिवसकाे अवसरमा शहिद पटेलकी आमा समेत रहेकी पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देबी, जनता समाजबादी पार्टीका गाउँपालिका संयाेजकद्वय विनाेद मेहता, रामबाबु चाैरसिया, स्थानिय नेता हरिन्द्र चाैहान लगायतकाले शालिकमा माल्यार्ण गर्दै श्रद्धा सुमन व्यक्त गरेका थिए ।  

बलिदानी दिवसकाे अवसरमा साेमबार प्रदेश नं. २ सरकारले प्रदेशभरी सार्वजनिक विदा समेत दिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...