Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

छिपहरमाईकाे वडा नं. १ र २ मा युवा संघकाे समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापूरमा नेकपा ओली समुह निकट राष्ट्रिय युवा संघको वडा स्तरिय कमिटी गठन भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापूरस्थित माईस्थानमा भएकाे एक भेलाले संतोष कुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेकाे हाे । जुन समितिकाे उपाध्यक्ष उदय साह कलवार, सचिव प्रदीप कुमार राम, सह -सचिव देवनाथ साह कलवार, कोषाध्यक्ष दिनेश यादव चयन भएका छन् ।

जिल्ला समन्वय समिति सदस्य तथा नेपाल युवा संघको छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहको प्रमूख अतिथ्यता तथा वडा नः १ का वडा अध्यक्ष राजबली राउत अहिरको विशिष्ट आतिथ्यतामा भएकाे भेलामा वडा सदस्य भाग्रीत महरा, नेकपाको गाउँपालिका कमिटी सदस्य रामबाबु साह, भिखारी पटेल लगायतकाे उपस्थिती रहेको थियो ।

यस्तै, छिपहरमाई गाउँपालिकाको वडा नं. २ सम्भौता र वडा नं. ४ तुलसीबर्वा गरि ३ वटै वडामा शनिबार युवा संघको गठन भएको छ ।

गाउँपालिका भित्र बाकी रहेको वडा नं. ५ भिस्वा र वडा नं. ३ जयमँगलपुर एक हप्ता भित्रमा नै युवा संघ गठन गरिने युवा संघका गाउँपालिका अध्यक्ष साहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...