Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

माेटरसाइकल चाेरीमा वृद्धि, पत्रकारहरुद्वारा जिप्रकाकाे ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । वीरगंजकाे सुरक्षा व्यवस्था फितलाे भएसंगै माेटरसाइकल चाेरीमा वृद्धि भएकाे छ ।

वीरगंजकाे विभिन्न ठाउँबाट दिनदहाडै हुने माेटरसाइकल चाेरीकाे घटनामा वृद्धि हुदै जादा बुधबार पत्रकारहरुकाे एक टाेलीले जिल्ला प्रहरी कार्यालय पर्साकाे ध्यानाकर्षण गराएकाे छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराकाे नेतृत्वमा प्रहरी कार्यालय पुगेकाे टाेलीले प्रहरी नायब उपरिक्षक मनाेजित कुंवरलाई भेटेर माेटरसाइकल चाेरी बारे अवगत गराएकाे हाे ।

पत्रकारहरुकाे गुनासाे सुनेपछि पर्सा प्रहरीकाे प्रवक्ता समेत रहेका कुंवरले माेटरसाइकल चाेरीकाे नियन्त्रण गर्न आजैदेखि पर्सा प्रहरी तदारुकताकाे साथ लाग्ने प्रतिवद्धता जनाए ।

साे टाेलीमा प्रेस संगठन नेपालका केन्द्रिय सदस्यद्वय राघव साह, वृजलाल पासवान, प्रदेश सदस्यहरु बिजय भण्डारी, किरणराज पाण्डे, संजिव मिश्रा, प्रमाेद यादव, संघिय प्रेस फाेरम पर्साका अध्यक्ष आरके पटेल, पत्रकारहरु मनाेज पटेल, अजय चाैरसिया लगायतकाे सहभागिता रहेकाे थियाे ।

मंगलबार दिउसाे मात्र वीरगंजबाट प्रकासित पर्दाफास दैनिकका प्रकाश/प्रबन्ध निर्देशक राघव साहको मोटरसाईकल चोरी भएको थियाे । पत्रकार साह काम विशेषले पर्सा जिल्ला अदालत जांदा राधेमाई चौक अदालत एरियाबाट चोरी भएको घटना बारे पनि प्रहरीलाई टाेलीले जानकारी गराएकाे थियाे ।

पत्रकार साहको नाउ“मा दर्ता रहेको ना ४६ प ६१८१ नं. को सुपर स्पेलेण्डर कालो रंगको मोटरसाईकल पर्सा जिल्ला अदालत देखि पश्चिम, साउथ जोन बोर्डि· स्कूल देखि दक्षिण, श्री वैष्णो देवी वचत तथा ऋण सहकारी संस्थाको अगाडि सडक छेउमा पार्किङ्ग· गरी राखेको अवस्थामा मोटरसाईकल करिब २ः३० बजेको समयमा चोरी भएको थियाे । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...