Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

सखुवा प्रसाैनीकाे छैठाे गाउँ सभामा विभिन्न विधेयक पेश

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाकाे छैठाे गाउँ सभाको उद्घाटन सत्र मंगलबार सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो गाउँ सभा तथा गाउँपालिकाको छैठौँ गाउँ सभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।

गाउँपालिकाको वडा नं २ स्थित दिपनारायण आदर्श माविमा भएकाे सभामा विभिन्न विधेयकहरु पेश भएका छन् । सभामा चालु आर्थिक वर्षको अर्ध वार्षिक सम्म खर्च हुन नसकेको विकास तर्फ विनियोजन गरिएको ६० लाख रुपैँया बराबरको योजनाहरु पेश भएकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले वताए ।

वर्तमान परिपवेशमा देखा परेका विकास निर्माणका कार्यहरु अघि बढाउने उदेश्यले संशोधन याेजनाहरु पेश भएकाे उनले जानकारी दिए ।

सभामा स्थानिय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण गर्ने विधेयक, विभिन्न निति तथा नियमावली सम्बन्धी विधेयक, न्यायिक समितिले न्याय सम्पदान गर्दा आईपरेका समस्या र समाधानको कार्यविधी निर्माणको विधेयक, विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायतकाको विकास सम्बन्धी विधेयक समेत पेश भएको अधिकृत यादवले जानकारी गराए ।

गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवालले उद्घाटन गरेको समारोहमा उपाध्यक्ष फुलमती देवी चौधरीले स्वागत मन्तव्य राेखकी थिईन् ।

सभामा वडाध्यक्ष विश्वनाथ पटवारी, नियाज अहमद, सलिम मियाँ अन्सारी, जुमाद्धिन अंसारी, रुपलाल कुमार यादव, लाल बहादुर यादव लगायतका सम्पूर्ण कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

सभामा गाउँपालिकामा भएकाे गतिविधिकाे बारेमा अधबार्षिक समिक्षा समेत भएकाे कम्पुटर अपरेटर सुनिल कुमार कलवारले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...