Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीपिसीद्वारा अधिकृत गिरी र प्रहरी निरिक्षक पुरी सम्मानित

spot_img
spot_img

बीरगंज । बीरगंज पब्लीक कलेजले मंगलबार एक कार्यक्रमकाे बिच आफ्नाे दुई पूर्व विद्यार्थीहरुलाई सम्मानित गरेकाे छ ।

भिस्वा हाेटलमा आयाेजित कार्यक्रममा कलेजमा पढेर हाल पाेखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा कार्यरत अमिति गिरि र कलेज पढेर हाल वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी निरिक्षकको रुपमा कार्यरत रहेका राजेशराज पुरीलाई सम्मान गरेकाे हाे ।

सम्मानित हुने मध्येका अधिकृत गिरी नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष समेत हुन् ।

दुबै जनालाई कार्यक्रममका प्रमुख अतिथि प्रभु हस्पीटलका प्रमुख डा. मनोज कुमार गुप्ताले दाेसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेेका थिए ।

कलेजका निर्देशक डा. दीपक शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वानका प्रदेश अध्यक्ष आरसी यादव, हरि रत्न तुलाधर, सम्मानित हुने अधिकृत गिरी र प्रहरी निरिक्षक पुरी लगायतले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...