Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

प्रधानमन्त्री ओली राष्ट्रवादी हाेइन, राष्ट्रघाती हुन् : उपेन्द्र यादव

spot_img
spot_img

वीरगन्ज । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली राष्ट्रवादी नभई राष्ट्रघाती रहेको वताएका छन् ।

प्रतिनिधि सभा विघटनकाे विराेधमा जनता समाजवादी पार्टीले साेमबार वीरगन्जमा आयाेजना गरेकाे जनप्रदर्शन एवम् विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नष्लवादी राष्ट्रवादको मुखौटा लगाएका प्रधानमन्त्री ओलीको वास्तविक रुप अहिले सामुने आएको बताए ।

उनले भने “पार्टीको आन्तरिक विवाद सल्टाउन नसक्ने प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्थ्याे, त्यो पनि सम्भव नभए कमण्डल बोकेर भारतको बनारस जानु पर्थ्याे तर पार्टीको आन्तरिक झगडाको कारण संसद विघटन गरेर गलत गर्नु भयाे ।”

संसद विघटनको विषय सर्वोच्चमा पुगेको प्रसङ्गमा बोल्दै अध्यक्ष यादवले सर्वोच्चलाई हामी सम्मान गर्छौ तर संसद विघटन राजनीतिक विषय भएकोले राजनीतिबाट समाधान हुनुपर्छ, हालसम्म राजनीति विषय कानूनी तरिकाले समाधान नभएको कारण राजनीति विषय राजनीतिबाटै नै समाधान हुनुपर्नेमा जोड दिए ।

उनले भने “संसद विघटन गरि चुनाव घोषणा भएपछि काम चलाउ सरकार हुन्छ, चुनावी सरकार हुन्छ र चुनावी सरकारलाई मन्त्रीमण्डल विस्तार गर्ने कुनै किसिमको अधिकार छैन तर यो सरकारले मन्त्री मण्डल पनि विस्तार गरेको छ, त्यसले ओलीको लोकतन्त्र विरोधी र असंवैधानिक कदम पुष्टि गरेकाे छ ।”

अध्यक्ष यादवले असंवैधानिक तरिकाले भङ्ग गरिएको संसद भङ्ग हुनै नसक्ने तर्क गर्दै हालसम्म संसद जिवित नै रहेको बताए । प्रधानमन्त्री ओली निकट नै पूर्व सभामुख सुवाष नेवाङ्ग र पूर्व प्रधानन्यायधीशहरुले पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्नुपर्ने संविधानमा अधिकार नरहेको भनिरहँदा यस परिस्थितिमा संविधानको धारा १०३ लाई टेकेर सभामुखले संसदको अधिवेशन बोलाएर हालकाे सरकारलाई बरखास्त गरी राष्ट्रपतिलाई जानकारी गराई बहुमतको आधारमा नयाँ सरकार बनाउनु पर्ने धारणा राखे ।

मधेशमा आन्दोलन भइरहँदा मधेशी पहाडीको भिन्नता छुट्याई राष्ट्रवादका नारा लगाईरहेका प्रधानमन्त्री ओलीले अहिले महाकालीको कुरा आउँदा राष्ट्रवादी नभई लम्पसारवादी भएको आरोप लगाउँदै अध्यक्ष यादवले सत्ता बचाउनका लागि ओलीले नक्कली राष्ट्रवादीको भूमिका खेलि रहेको बताए ।

अध्यक्ष यादवले संसद विघटन गरेर घोषणा गरिएको चुनावमा के भाग लिने, जुन चुनाव नै हुनेवाला छैन, लोकतन्त्रलाई मारेर हुने चुनावमा भाग लिनुको कुनै औचित्य नरहेकोले सबैभन्दा पहिला प्रधानमन्त्री केपि शर्मा ओलीले उठाएको असंवैधानिक कदमलाई खारेज गर्नुपर्ने माग गरे ।

त्यो खारेजको अर्थ प्रतिनिधिसभाका पुनरस्थापना गर्नुपर्ने हो, र संविधान पुर्नस्थापना हुने वित्तिकै प्रतिगमनकारी कदमको अन्त्य हुँदै लोकतन्त्रको रक्षा हुने अध्यक्ष यादवकाे भनाई छ ।

सत्ताको भुखमा निरकँशुतन्त्रलाई निमन्त्रणा दिने हो भने त्यो निरकुँशतासँगै चल्नुपर्ने भन्दै अध्यक्ष यादवले प्राप्त उपलब्धिलाई रक्षा गर्नु सबै लोकतान्त्रिक शक्तिको दायित्व रहेकोले नेपाली काँग्रेस तर्फ संकेत गर्दै आउने दिनमा सशक्त रुपमा जनसंघर्ष, सडक संघर्षलाई अगाडि बढाउनुपर्ने अवस्था पनि आउन सक्ने भएकोले जनता समाजवादी पार्टी तयार रहेकोले नेपाली काँग्रेसले पनि यसबारे सोच्नुपर्ने बताए ।

जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा विघठित प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्ण, प्रदीप यादव, प्रदेश सभा सदस्य रमेश कुर्मी, करिमा बेग्म, वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छः संयोजक दाहालले

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको...

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...