Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

प्रचण्ड-माधवको स्वार्थका कारण देश संकटमा : नेता गुप्ता

spot_img
spot_img

वीरगंज । नेकपा ओली समुहकाे पोखरीयामा नगर स्तरिय भेला आइतबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष प्रभु हजराले प्रचण्ड माधव समुहका कारण देश अस्थिरता तर्फ गएको दावी गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका हजराले प्रधानमन्त्री ओलीको लोकप्रियता देखेर आफनै पार्टीबाट षडयन्त्र भएको बताए । उनले देशलाई जोगाउन प्रधानन्त्री ओलीले सदन बिघटन गरेको दावी समेत गरे ।   

केन्द्रिय सदस्य राजकुमार गुप्ताले प्रचण्ड माधव समुहले पद, पावर र पैसाको लागि नेकपालाई बिभाजन गरेको दावी गरे । उनले आफनो स्वार्थ पुरा गर्न दुई तिहाईको सरकारलाई असफल बनाउन प्रचण्ड माधव समुहले षडयन्त्र गरेको दावी समेत गरे ।

लोकतन्त्रको रक्षाको लागि निर्वाचन आवश्यक रहेको बताउदै गुप्ताले अगामी बैशाखमा हुने निर्वाचनमा भाग लिन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए । 

छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले प्रचण्डको निजी स्वार्थका कारण पार्टी बिभाजन भएको आरोप लगाए । उनले महान जनयुद्धबाट प्राप्त उपलब्धीलाई पनि प्रचण्डले स्वार्थका कारण बचाउन नसकेको दावी गरे ।

कार्यक्रममा नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरि राजेश रौनियार, राजकिसोर कुर्मी, मनिर आलम लगायत ३० जना नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशी नेताहरुलाई पार्टी अध्यक्ष प्रभु हजरा, केन्द्रिय सदस्य राजकुमार गुप्ता लगायतका नेताहरुले फुलमाला र अबिर लगाई पार्टीमा स्वागत गरेका थिए ।

नेकपा पोखरीया नगर अध्यक्ष एवं केन्द्रिय सदस्य प्रद्युम्न चौहानको अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रिय सदस्य जयप्रकाश थारु, निर्मला देवकोटा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, नेता राजदेव दास, बिन्ध्याँचल ठाकुर, जोगिन्द्र साह, शम्भु पाल, हनिफ अंसारी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष एवं जिल्ला कमिटी सदस्य श्याम बन्जारा लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य बिना शर्मा, जिल्ला कमिटी सदस्य अनुप तिवारी, श्याम गुप्ता, युवा नेता यशवन्त यादव, अकलेश साह संतोष पासवान लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रमोद गिरीले गरेका थिए भने सहजीकरण नगर कमिटी सदस्य दिनेश चौहानले गरेका थिए । असअघि कार्यक्रम शुरु हुनु अघि नेकपाका नेता कार्यकर्ताहरुले पोखरीया बजारकाे परिक्रमा समेत गरेक थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...