Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक समितिद्वारा प्रजिअलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक समिति पर्साले साेमबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापन पत्र बुझाएकाे छ ।

कालिकामाई गउँपालिकाकाे सेवा इकाईमा कार्यरत एम.आई.एस. अपरेटर र फिल्ड सहायककाे म्याद थप सम्बन्धमा समितिले प्रजिअ तामाङलाई ज्ञापन पत्र बुझाएका हाे । समितिका अध्यक्ष मनाेज राउत थारुद्वारा हस्ताक्षरित ज्ञापन पत्र पर्साकाे विभिन्न पालिकाकाे सेवा इकाईमा कार्यरत एम.आई.एस. अपरेटर र फिल्ड सहायकहरु जिल्ला प्रशासन कार्यालयमा पुगी प्रजिअ तामाङलाई बुझाएका हुन् ।

गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा संचालित समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयाेजनाकाे लागि राष्ट्रव्यापी खुल्ला प्रतियाेगिताद्वारा देशभरीकाे ७५३ स्थानिय तहमा गत बर्ष एम.आई.एस. अपरेटर र फिल्ड सहायकहरु सेवा करारमा न्युक्त भएका थिए ।

साेही अन्तर्गत कालिकामाई गाउँपालिकामा कार्यरत रहेका एम.आई.एस. अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहकाे म्याद मंसिर ८ गते सकिए पनि हाल सम्म थप नभएकाे भन्दै समितिले ज्ञापन पत्र बुझाएकाे हाे ।

समितिले बुझाएकाे ज्ञापन पत्रमा म्याद सकिन अगावै कार्तिक २४ गते नै दुबै जनाले म्याद थपकाे लागि गाउँपालिकामा निवेदन दर्ता गराएकाे र मंसिर ८ गते गाउँपालिकाकाे प्रशासन शाखाले म्याद थपकाे लागि टिप्णी आदेश दिए पनि पुस ५ गते सम्म म्याद थप नभएकाे जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा गराएका थिए ।

त्यसपछि गाउँपालिकालाई विभागले पुस १२ गते च.न. १३२१ भएको पत्रमार्फत गाउँपालिकाको सेवा इकाईमा कार्यरत रहेको एम.आई.एस. अपरेटर र फिल्ड सहायकको म्याद थप गर्ने स्विकृत सहितको निर्देशन दिए पनि हाल सम्म म्याद थप नभएकाे जानकारीसहित निर्देशन कार्यन्वयन गराइदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङले यस सम्बन्धमा आफुले अनुसन्धान गरी नियम अनुसार गराउने आश्वासन दिए ।

प्रजिअ तामाङकाे आदेश अनुसार जिल्ला प्रशासन कार्यालय पर्साकाे प्रशासन शाखाले आजै एक पत्रमार्फत म्याद थप के कारणले हुन नसकेकाे हाे साे काे स्पष्ट जानरकारी ३ दिन भित्र पठाउन गाउँपालिकासंग माग समेत गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...