Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बालविवाह सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । बालविवाह सम्बोधन गर्नका लागि सुदृढ बहुक्षेत्रीय संस्था सम्मिलित समन्वय प्रणाली सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।

संरक्षण नेपालको सहकार्यमा कृपा नेपालले आयोजना गरेको कार्यक्रममा पर्साको खासगरी गरी लक्षित तीन पालिकामा बालविवाह विरुद्ध विभिन्न कार्य गर्दै आएका संघ संस्थाका प्रतीनीधीहरुसंग छलफल गरीएको हो । कार्यक्रममा कृपा नेपाल लगायत विभिन्न संघसंस्थाहरुको साँझा मुद्धा बालविवाह विरुद्धको अभियानलाई संगसंगै कसरी अगाडी लैजाने भन्ने उद्देश्यले आगामी कार्य योजना समेत बनाईएको कृपा नेपालका कार्यक्रम संयोजक शशिल नेपालले बताउनु भयो ।

उहाँले कार्यक्रममा आमन्त्रीत विभिन्न संघसंस्थाले गर्दै आएको कार्यलाई एकत्रीत पारी प्रभावकारी रुपमा अगाडी बढाई बालविवाह विरुद्धको मुद्धामा कसरी सफलता हासिल गर्ने र स्थानीय तहलाई जवाफदेही बनाउने उद्देश्यमा आगामी दिनमा कार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा कृपा नेपालका कार्यकारी निर्देशक आनन्द तामांगले प्रदेश नम्बर २ का जिल्लाहरुमा वालविवाहको घटनामा वृद्धि हुँदै गएको तथ्याकंले देखाईरहँदा अबको दिनमा यसलाई न्युनीकरणका लागि पालिकाहरुमा कार्य गर्दै आएका विभिन्न सरकारी गैरसरकारी संघसंस्था मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।

उहाँले साँझ मुद्धामा सफलता पाउन सबैजना एक विन्दुमा आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पर्साको पोखरीया नगरपालिका, पर्सागढी नगरपालिका र विन्दवासिनी गाउँपालिकालाई कार्य क्षेत्र बनाई कार्य गर्दै आएका आसमान नेपाल, दिव्य युवा क्लब, अरुणोदय युवा क्लब, सुर्योदय युवा क्लब, ब्रिलिएन्ट युवा क्लब, बिकास नेपाल, संरक्षण नेपाल, कृपा नेपाल लगायतका संघसंस्थाका प्रतीनीधीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...