Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

दलितको लागी बहुदरमाईमा आवास भवनको शिलान्यास

spot_img
spot_img

वीरगञ्ज । भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश न.२ को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न.२ पिपरामा डोम जातिका ब्यक्तिको घर निर्माण गर्न आज शिलान्यास गरिएकाे छ ।

साे भवनकाे शिलान्यास एक कार्यक्रमकाे बिच प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले गएका छन् । प्रदेश सरकारको दलित बस्तीमा पक्की घर (जनता आवास)कार्यक्रमलाई सार्थक बनाउन शहरी बिकास तथा भवन कार्यालय बिरगंजको आयोजनामा शिलान्यास कार्यक्रम सप्पन्न भएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जनता आवास कार्यक्रम पर्साका संयाेजक एवं प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले पहिलो चरणमा पर्साका २ सय अति बिपन्न दलितको पक्की घर निर्माण गर्ने याेजना रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका संयाेजक कुर्मीले प्रत्येक घरधुरी सरकारले ३ लाख पचास हजारको बजेट बिनियोजन गरेको जनाए ।

शहरी भवन निर्माण कार्यालयका प्रमुख राजेन्द्र प्रसादकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम, भिमा यादव, जनता समाजबादी पार्टीका केन्द्रिय सदस्यद्वय शिव पटेल, रामचन्द्र पडित, पर्साका सचिवद्वय राजेश साह, श्रीराम जि गिरि, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा, निशेश यादव, जितेन्द्र पटेल, नगर अध्यक्ष कृष्ण यादव, सदस्य मनोज पटेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...