Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

दलितको लागी बहुदरमाईमा आवास भवनको शिलान्यास

spot_img
spot_img

वीरगञ्ज । भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश न.२ को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न.२ पिपरामा डोम जातिका ब्यक्तिको घर निर्माण गर्न आज शिलान्यास गरिएकाे छ ।

साे भवनकाे शिलान्यास एक कार्यक्रमकाे बिच प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले गएका छन् । प्रदेश सरकारको दलित बस्तीमा पक्की घर (जनता आवास)कार्यक्रमलाई सार्थक बनाउन शहरी बिकास तथा भवन कार्यालय बिरगंजको आयोजनामा शिलान्यास कार्यक्रम सप्पन्न भएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जनता आवास कार्यक्रम पर्साका संयाेजक एवं प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले पहिलो चरणमा पर्साका २ सय अति बिपन्न दलितको पक्की घर निर्माण गर्ने याेजना रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका संयाेजक कुर्मीले प्रत्येक घरधुरी सरकारले ३ लाख पचास हजारको बजेट बिनियोजन गरेको जनाए ।

शहरी भवन निर्माण कार्यालयका प्रमुख राजेन्द्र प्रसादकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम, भिमा यादव, जनता समाजबादी पार्टीका केन्द्रिय सदस्यद्वय शिव पटेल, रामचन्द्र पडित, पर्साका सचिवद्वय राजेश साह, श्रीराम जि गिरि, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा, निशेश यादव, जितेन्द्र पटेल, नगर अध्यक्ष कृष्ण यादव, सदस्य मनोज पटेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...