Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

वीरगंजमा पनि अंगेजी नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाईदै

spot_img
spot_img

वीरगंज । पर्सा, बारामा पनि अंग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन विभिन्न कार्यक्रम गरी मनाईदै छ । प्रत्येक वर्षझै झै यस वर्ष पनि वीरगंजको घडिअर्वा पोखरी, भिस्वा डाँडा लगायतको पर्यटकी स्थलमा नयाँ वर्ष मनाउनेहरुको चहलपहल बढेको छ ।

शुक्रबार बिहानै देखी वीरगंजको सडक र बजारमा मानिसको चहलपहल घटे पनि घडिअर्वा पोखरी, भिस्वा डाँडा लगायत ठाउँमा बढ्ेको छ ।

यस्तै वीरगंजको विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा मानिसको बाक्लो जमघट भई मिठो खाने कुरा खादै नयाँ साल मनाईदै छ ।
कोरोना महामारीको कारण सिमा नाका बन्द भएकोले विगत वर्षको तुलनामा यो वर्ष भारतबाट आउने पर्यटकहरुको संख्यामा कमी आएको छ ।

आधुनिकतासंगै नयाँ वर्ष मनाउने मोडल पनि फेरिएको छ । खासगरी अहिलेका युवायुवतीहरु नयाँ वर्ष मनाउन बढि उत्साहित देखिएका छन् । गाउँबाहिर गई मिठो परिकार बनाई भोजभतेर गर्नुको साथै विभिन्न गित संगित बजाउँदै, नाच्दै नयाँ वर्षको आनन्द लिने गरेका छन् ।

नयाँ वर्षको दिन युवायुवतीहरु विभिन्न पर्यटकीय स्थलमा गई घुमफिर गर्ने गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...