Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

बृद्ध/बृद्धाकाे आश्रम भवन निर्माण हेतु पर्सागढीमा महायज्ञ, प्रदेश सांसद साहद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नं. ३ बढनियारमा बुधबारदेखी श्रीमद भागवत धन धान्याचंल सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे छ ।

असहाय बृद्ध/बृद्धाकाे लागि आश्रमकाे भवन निर्माण हेतु आयाेजित महायज्ञकाे एक कार्यक्रमकाे बिच प्रदेश सांसद राजेश्वर साहले उद्घाटन गरेका छन् ।

महायज्ञकाे उद्घाटन गर्दै सांसद साहले पर्सा जिल्ला मै पहिलाे पटक यस्ताे उद्देश्यकाे साथ महायज्ञ आयाेजना गरिएकाे वताए । उनले भने “यस्ताे महायज्ञ पर्सामा पहिलाे पटक आयाेजना गरिएकाे हाे । जुन उद्देश्यकाे साथ महायज्ञ याेजना गरिएकाे त्याे उद्देश्य प्राप्तिकाे लागि म कामना गर्दछु ।”

महायज्ञ मुल आयाेजक समितिका अध्यक्ष अशाेक बुर्लाकाेटीकाे अध्यक्षतामा भएकाे यज्ञ उद्घाटन समाराेहमा पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादव, उप मेयर अर्चना चाैधरी, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका प्रअ, बुद्धिजिवि लगायतकाे सहभागिता रहेकाे थियाे ।

मन्दिरकाे बाउन्डरीवाल शिलान्यास 

यस्तै, पर्सागढी नगरपालिका कै वडा नं. ४ हरदासपुरमा निर्माण हुने रामजानकी मन्दिरकाे बाउन्डरीवालकाे सांसद साहले नै शिलान्यास गरेका छन् ।

उनकाे संसदिय काेषकाे १५ लाखकाे लागतमा निर्माण हुने मन्दिर बाउन्डरीवालले मन्दिर संरक्षणमा सहयाेग पुग्ने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...