Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बृद्ध/बृद्धाकाे आश्रम भवन निर्माण हेतु पर्सागढीमा महायज्ञ, प्रदेश सांसद साहद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नं. ३ बढनियारमा बुधबारदेखी श्रीमद भागवत धन धान्याचंल सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे छ ।

असहाय बृद्ध/बृद्धाकाे लागि आश्रमकाे भवन निर्माण हेतु आयाेजित महायज्ञकाे एक कार्यक्रमकाे बिच प्रदेश सांसद राजेश्वर साहले उद्घाटन गरेका छन् ।

महायज्ञकाे उद्घाटन गर्दै सांसद साहले पर्सा जिल्ला मै पहिलाे पटक यस्ताे उद्देश्यकाे साथ महायज्ञ आयाेजना गरिएकाे वताए । उनले भने “यस्ताे महायज्ञ पर्सामा पहिलाे पटक आयाेजना गरिएकाे हाे । जुन उद्देश्यकाे साथ महायज्ञ याेजना गरिएकाे त्याे उद्देश्य प्राप्तिकाे लागि म कामना गर्दछु ।”

महायज्ञ मुल आयाेजक समितिका अध्यक्ष अशाेक बुर्लाकाेटीकाे अध्यक्षतामा भएकाे यज्ञ उद्घाटन समाराेहमा पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादव, उप मेयर अर्चना चाैधरी, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका प्रअ, बुद्धिजिवि लगायतकाे सहभागिता रहेकाे थियाे ।

मन्दिरकाे बाउन्डरीवाल शिलान्यास 

यस्तै, पर्सागढी नगरपालिका कै वडा नं. ४ हरदासपुरमा निर्माण हुने रामजानकी मन्दिरकाे बाउन्डरीवालकाे सांसद साहले नै शिलान्यास गरेका छन् ।

उनकाे संसदिय काेषकाे १५ लाखकाे लागतमा निर्माण हुने मन्दिर बाउन्डरीवालले मन्दिर संरक्षणमा सहयाेग पुग्ने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...