Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

बैशाख मै निर्वाचन हुने अर्थ मन्त्री पाैडेलकाे दाबी

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् अर्थ मन्त्री बिष्णु पौडेलले बैशाख मै निर्वाचन हुने दाबी गरेका छन् ।

वीरगंजमा आज आयोजित नेकपा ओली समुहको प्रदेश नं. २ को प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी आन्तरिक विवादका कारण अपेक्षित विकास हुन नसकेले मुलुकलाई स्थायित्वको विकासको गर्न ताजा जनआदेशको लागि बैशाख मै निर्वाचन हुने वताए ।

पार्टीका संसदिय दलका नेता एवम् पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई थाहै नदिइकन अविश्वासको प्रस्ताव पेश गरी पार्टी र सत्तालाई कब्जा गर्न खेल तिर लागेको षडयन्त्र पर्दाफास भएपछि संसद विघटन गरी ताजा जनआदेशको आम निर्वाचनमा जाने निर्णयको गरेको वताए ।

भेलाको प्रमुख अतिथीसमेत रहेका अर्थमन्त्री पौडेलले पार्टीको विधान विपरित चलेर पार्टी र सत्ता कब्जा गर्ने षडयन्त्र फेल भएको वताए ।

उनले भने “पार्टी फुटेको छैन, पार्टीका अध्यक्ष एवम् महासचिव एकै ठाउँमा भएको फुटेको भन्नु नमिल्ने वताए । पार्टीको चुनाव चिन्ह सूर्य र पार्टी नेकपा नै रहन्छ, तपाईहरु ढुक हुनुस् ।’’

चुनावबाट भाग्ने र बिरोध गर्ने नै प्रतिगमन र निरङकुशवादी हुन् : मन्त्री साह

शहरी विकास मन्त्री प्रभु साहले चुवाव कहिले पनि प्रतिगमन नगराएको स्पष्ट पारे । उनले चुनावबाट भाग्ने र बिरोधी गर्ने नै प्रतिगमन र निरङकुशवादी आरोप लगाए ।

प्रचण्ड–नेपाललाई निषाना साध्दै मन्त्री साहले चुनावको बिरोध गर्ने प्रतिगमन र निरङकुशवादीहरु मुलुकलाई अस्तव्यस्त बनाई धमिलो पानीमा माछा मार्न खोजेको बताए । चुनावबाट पतन साफ हुने डरले प्रतिगमनकारीहरुले जनतामा भ्रम फैलाई रहेकोले त्यस्तो अफवाफमा नपर्न मन्त्री साहले जनतालाई आग्रह गरे ।

माओवादी पार्टीको नामले व्यापार गर्ने चुनाव हारेका र कहिल्यै आन्दोलनमा भाग नलिएकाहरु अहिले पनि नयाँ क्रान्तिकारी ल्याउने भन्नु कहाँ क्रान्तिकारी छोडेको भन्दै मन्त्री साहले प्रश्न गरे ।

जनादेशबाट भाग्नेहरु अहिले पदको लागी सडकमा उत्रेका छन् : मन्त्री  महतो

महिला तथा बालबालिका मन्त्री जुली महतोले सडकमा नाटक गरेर संसद पुर्नस्थापना नहुने बताईन । जनादेशबाट भाग्नेहरु डराएर अहिले पदको लागी सडकमा उत्रेको आरोप लगाईन् । संसद विघटन गर्नु संघीय गणतन्त्र नै समाप्त गर्ने भन्ने गरिएको कुरा भ्रम फैलाउनु भएको बताउँदै उनले यस्तो अफवाहमा नपर्न आग्रह गरिन् ।

नेकपा प्रदेश २ का ईन्चार्ज एंव प्रदेशका संसदिय दलका नेता सत्यनाराण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा कानुन तथा न्याय मन्त्री लिलानाथ श्रेष्ठ, पर्व मन्त्री एंव स्थायी कमिटि सदस्य रघुबिर महासेठ, निवर्तमान सांसद बलबिर चौधरी, गंगा प्र. यादव, हरिनारायण महतो, संविधान सभा सदस्य राजकुमार गुप्ता, केन्द्रिय सदस्य बसुरद्दिन अंसारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...

राउन्ड टेबल र रोट्र्याक्ट क्लबको कार्यक्रममा ५८ जनाले दिए रगत

वीरगञ्ज । राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको घण्टाघरस्थित आयोजित...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...