Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

वीरगंजमा नगर प्रहरी र खुद्रा व्यापारी बिच झडप

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी र खुद्रा व्यापारी बिच साेमबार विहान झडप भएकाे छ । 

वीपी उद्यानको जग्गामा लत्ताकपडा तथा व्याग विक्री गर्न थापेको पसल हटाउने क्रममा नगर प्रहरी र खुद्रा व्यापारीबीच झडप भएकाे हाे । नगरप्रहरीले एक्कासी बजार सार्ने बहानामा मालसमान नियन्त्रण लिएपछि आक्रोशित व्यापारी र नगर प्रहरीबीच झडप भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

वीपी उद्यानको खाली जग्गामा कपडा, जुत्ताचप्पल, व्याग, ज्याकेट लगायत करिब १२२ वटा खुद्रा पकडा पसल सञ्चालनमा छ । पसललाई व्यवस्थित बनाउने बहानामा नगर प्रहरीले हटाउने प्रयास गर्न थालेपछि व्यपारी आक्रोशित भएका थिए ।

शुरुमा खाट, छाप्रो लगाई पसल सञ्चालनमा गर्दै आएकोमा नगर प्रहरीले खाट र छाप्रोमा नभई भुईमा बोरा ओछ्याएर पसल थाप्न दिएको थियो तर आज एक्कासी नगर प्रहरी ईन्चार्ज हरी प्रसाद भुसालको नेतृत्वमा आएको ८/१० जना नगर प्रहरीको टोलीले समान खोसी लुटपाट गर्न खोजेको अर्का व्यापारी सद्दाम हुसैनको गुनासो छ ।

नगर प्रहरी मात्र नभई सवारी पार्किङ्गको नाममा सत्या कन्स्ट्रक्शनले आफनो मान्छे लगाई खुद्रा व्यवासायीसँग जबरजस्ती कर समेत असुल्ने गरेका छन् । कर असुले पनि रसिद दिइदैनन्, व्याग पसल थापेर बसेका आशिस गिरी भन्छन, एउटै पसलको दुई/दुई वटा कर कसरी तिर्ने ।

केठेदार कम्पनीले जबरजस्ती दैनिक ५० रुपैयाँ कर असुल्ने गरेको छ तर कर असुलीको रसिद दिँदैन । नगर प्रहरी आएर प्रत्येक पसलसँग २५ रुपैयाँ उठाउदै आएको छ । उनले भने, कर बुझाउदा समेत नगर प्रहरीले गुण्डागर्दी शैलीले आफ्नो समान खोसेर लागेका छन् । नगर प्रहरीले २३२ पिस व्याग खोसेर लागेको आरोप लगाउदै समान फिर्ता नगरे नगरपालिकामा गएर आन्दोलन समेत गर्ने उनको चेतावनी छ ।

यता नगर प्रहरी ईन्चार्ज हरी प्रसाद भुषालले वीपी उद्यान पार्क निर्माणको लागि ठेक्का लगाईएकोमा काम गर्न अवरोध हुन थालेपछि पसल हटाउँन लागेको बताए । उनले भने, शुरुमा सम्झाई बुझाई पसल सार्न आग्रह गरेको थियो, नमानेपछि दुईतिन जनाको समान खोसेपछि अनावश्यक विवाद गरी उल्टै ढुंगामुडा गरेका हुन् । विवाद हुन थालेपछि खोसेको समान समेत फिर्ता गरीसकेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...