Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सरावगीकाे आयाेजनामा धाेबिनीमा आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिकाकाे वडा नं. २ आसवारीमा आइतबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी र माट्रीका आइ फाउन्डेसनको संयुक्त आयाेजनामा भएकाे शिविरमा ३ सय ६ जनाले आँखा परिक्षण गराएका थिए । जस मध्ये १७६ जनामा मोतियाबिन्दका बिरामीहरु फेला परेकाे मेयर सरावगीकाे सचिवालयले जनाएकाे छ ।

शिविरकाे उद्घाटन वीरगंज महानगरका मेयर सरावगी नै गरेका थिए । शिविरकाे उद्घाटन गर्दै मेयर सरावगीले समाजिक दायित्व वहन गर्दै वीरगंज महानगरमा मात्र नभई जिल्ला ग्रामिण भेगमा पनि शिविर संचालन गरिएकाे वताए ।

शिविरमा माेतियाबिन्द फेला परेका सबै जनाको पुष २१ गते माट्रीका आइ फाउन्डेसनमा नि:शुल्क शल्यक्रिया समेत गरिने छ ।

शिविरमा उद्घाटन समाराेहमा जनता समाजवादी पार्टीका नेता सलाउदीन अहमद, जगदिश पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...