Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

संसद विघटन बिरुद्ध वीरगंजमा जसपाको प्रदर्शन

spot_img
spot_img

वीरगंज । प्रतिनिधी सभा विघटनको विरुद्धमा वीरगंजमा जनता समाजवादी पार्टी (जसपा)ले बिरोध प्रदर्शन गरेको छ ।

जसपाको केन्द्रिय कमिटिद्वारा घाेषित आन्दाेलनकाे कार्यक्रम अन्तर्गत पर्साको सदरमुकाम वीरगंजमा पनि संसद विघटन बिरुद्ध  प्रदर्शन भएकाे हाे ।

वीरगंजको घन्टाघर चोकबाट निस्केकाे बिराेध जुलुश माइस्थान, महाविरस्थान, आदर्शनगर, घडिअर्वा र पुन: माइस्थान हुदै नगर परिक्रममा गरी घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे । विराेध जुलुशमा सहभागि जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, वीर सहिद अमर रहुन, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सांसद रेशम चौधरीलगायतका राजबन्दीहरू रिहा गर, झूठो मुद्दा खारेज गर, जसपा नेपाल जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरेका थिए ।

काेण सभामा वाेल्ने वक्ताहरुले असंबैधानिक र अलोकतान्त्रिक ढङ्गले संसद विघटन गरीएकाेले पुर्नस्थापनाकाे माग गरेका थिए ।

लामो समयको संघर्ष र क्यौं पटकको आन्दोलनले बलिदानी दिएर जनताले ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार कदापी सहन हुन नसक्ने बक्ताहरुकाे भनाई थियाे ।

प्रदर्शन कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदिप यादव, हरिनारयण रौनियार, प्रदेश सांसद रमेश कुर्मी, करिमा बेग्म, जन्नत अन्सारी, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला समन्वय समितिका पर्साका प्रमुख नेकमहमद अन्सारी, नेता शिव पटेल, राजेशमान सिंह, नेजामुदिन सम्मानी, रामनरेश यादव, जगदिश पटेल तबरेज अहमद, ओमप्रकाश सर्राफ, मुकेश द्विवेदी लगायत संयौ नेता तथा कायकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...