Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

संसद विघटनकाे विरुद्धमा वीरगंजमा दाेस्राे दिन पनि प्रदर्शन

spot_img
spot_img

वीरगंज । संसद विघटनकाे विरुद्धमा वीरगंजमा दाेस्राे दिन पनि प्रदर्शन भएकाे छ ।

जनता समाजवादी पार्टी(जसपा) निकटका समाजवादी विद्यार्थी संगठन पर्साले वीरगंजकाे घण्टाघरमा साेमबार प्रदर्शन गरेकाे छ ।

समाजवादी विद्यार्थी संगठन पर्साका उपाध्यक्ष कृष्णा कुमार चाैरसियाकाे नेतृत्वमा भएकाे प्रदर्शनका सहभागिहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चक्राे नारावाजी लगाएका थिए ।

संसद विघटन असंवैधानिक भएकाे भन्दै प्रदर्शनकारीहरुले यसकाे सबैले विराेध गर्नु पर्ने आग्रह गरे । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारीबाट देशलाई पछाडी ढकेल्नुकाे साथै जनतामाथी आर्थिक भार थप्ने काम भएकाे उनीहरुकाे आराेप थियाे ।

प्रदर्शनकाे क्रममा वाेल्दै समाजवादी विद्यार्थी पर्साका उपाध्यक्ष चाैरसियाले संसद विघटनबाट देश र जनताकाे हित नहुने भएकाेले तत्काल याे निर्णय सच्याउनु पर्ने माग समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...