Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

ओलिले दुस्साहस गरे : केन्द्रिय सदस्य आलम

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका केन्द्रिय सदस्य जुबैर आलमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर दुस्साहस गरेको बताएका छन् ।

पाँच वर्षका लागि जनताले दिएको जनादेश कुल्चेर संसद विघटन गर्ने प्रस्ताव ल्याउनु संविधान विपरितको काम भएको भन्दै आलमले प्रधानमन्त्री ओलीकाे कडा आलाेचना गरेका हुन् । उनले जनताले दिएकाेबहुमतकाे अपमान गर्दै ओलीले देश र जनतालाई धोका दिएको प्रतिक्रिया जनाएका छन् ।

कालिका टाइम्ससंग कुरा गर्दै केन्द्रिय सदस्य आलमले भने “धेरै विकल्प हुदा हुदै पनि ओलीले समस्या समाधान नखाेजेर, उल्टै भाग्ने दुस्साहस गरे, जुन कम्युनिष्ट आन्दोलन र देश तथा जनताका लागि सरासर धोका हो ।”

उनले प्रधानमन्त्रीको कदमको चौतर्फी प्रतिरोध हुनुपर्ने बताए । जनादेश कुल्चिने अधिकार कसैलाई पनि नभएको भन्दै ओलीले दिएको धोकाको प्रतिवाद नेपाली जनताले गर्ने आलमले दाबी गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...