Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

संसद विघटनकाे विरुद्धमा जसपाद्वारा पनि वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । संसद विघटनकाे विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) पर्साले पनि वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार सांझ वीरगंजकाे घन्टाघर चाेकमा जसपाका नेता तथा कार्यकर्ताहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।प्रदर्शनकाे क्रममा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गर्न खाेज्दा प्रहरीले हस्तक्षेप समेत गरेकाे थियाे ।

विरोध प्रदर्शनमा सहभागी भएका जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको आरोप लगाए । 

उनले विभिन्न आन्दोलनले बलिदानी दिएर जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेको बताए ।

प्रदर्शनमा जसपा नेता शिव पटेल, नेजामुदिन सम्मानी, ओमेप्रकाश सर्राफ, जगदिश पटेल, उमेश सहनी लगायकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...