Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

संसद विघटनकाे विरुद्धमा कलैयामा टायर बालेर प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । संघीय संसद विघटनकाे विरुद्धमा देशभर विरोध प्रदर्शन सुरु भएकाे छ ।

सोही क्रममा बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा नेकपाका नेता तथा कार्यकर्ताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती विद्यादेवी भण्डारीको विरोधमा टायर बालेर प्रदर्शन गरेका छन् ।

नेकपा जिल्ला कमिटी सदस्य ध्रुव यादवसहितका नेता तथा कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरु चक्राे नाराबाजीसमेत गरेका थिए ।

संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका बाराका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...