Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

संसद विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिकाे प्रहार : जसपा

spot_img
spot_img

काठमाडौं  । जनता समाजवादी पार्टी ९जसपा०ले राष्ट्रपतिद्वारा गरिएको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसको विरोध जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीले संसद विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको जनाएको छ।

‘यस असंवैधानिक र अलोकतान्त्रिक कदमको पार्टी विरोध गर्दछ। प्रतिनिधिसभा विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

अधिनायकवाद र निरंकुशताको पराकाष्ठा भएको भन्दै जारी विज्ञप्तिमा भनिएको छ‚ ‘यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ। त्यसर्थ सम्पूर्ण पार्टी र आमनागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...