Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

संसद विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिकाे प्रहार : जसपा

spot_img
spot_img

काठमाडौं  । जनता समाजवादी पार्टी ९जसपा०ले राष्ट्रपतिद्वारा गरिएको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसको विरोध जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीले संसद विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको जनाएको छ।

‘यस असंवैधानिक र अलोकतान्त्रिक कदमको पार्टी विरोध गर्दछ। प्रतिनिधिसभा विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

अधिनायकवाद र निरंकुशताको पराकाष्ठा भएको भन्दै जारी विज्ञप्तिमा भनिएको छ‚ ‘यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ। त्यसर्थ सम्पूर्ण पार्टी र आमनागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले...

मुक्त हरवा चरवा सङ्घर्ष समितिद्वारा धर्ना स्थगन

जनकपुरधाम । मधेस प्रदेश सरकारको कार्यसम्पादन तथा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जन गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...