Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

धोबिनीमा पनि विभिन्न पार्टी परित्याग गरि २५१ जना नेपाली काङ्ग्रेसमा प्रबेश

spot_img
spot_img

वीरगंज । पर्सामा नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पर्साको निर्वाचन क्षेत्र नं. ४ मा पर्ने धोबिनी गाउँपालिका वडा नं. २ भिखमपुर पिप्रामा शनिबार संयौंको संख्यामा अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।

यस अघि पनि क्षेत्र नं. ४ कै कालिकामाई गाउँपालिका र जिराभवानी गाउँपालिकाका सयौं जना अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले कम्युनिष्ट सरकार एक्लौटी पारामा अगाडी बढेको तथा देशमा अधिनायकबाद लादन खाजेको आरोप लगाए । केपी ओली सरकारले ल्याएको अध्यादेशले प्रजातन्त्र एवम् लोकतन्त्र माथीको खतरा भएको नेता रिजालले टिप्पणी गरेका थिए । नेपाल र भारत बिचको रोटी बेटीको सम्बन्धलाई पनि हालको सरकारले बिगार्न खाजेको उनले आरोप लगाए ।

कार्यक्रममा बिभिन्न पार्टी प्रत्याग गरी २ सय ५१ जनाले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपाका चनर राम,आलम मिया धोवी,त्यसै गरी जसपाका नवलेश राम, अनिल चौहान लगायतकाले नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरु कार्यक्रमका प्रमुख अथिती नेता रिजाल तथा अथितीहरुले फुलमाला र अविरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

नेपाली कांग्रेस धोबिनी गाउँपालिका वडा नंं. २ का सभापती रामाशिष राउत कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी,नेपाली कांग्रेस महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी,बृहस्पती श्रेष्ठ, जिल्ला सचिव किशोरी साह कानु,क्षेत्रिय सभापती रमेश पाण्डे जिल्ला सदस्य नविन सिंह,कालिकामाई गाउँपालिका संयोजक राजिन्द्र प्रसाद कुर्मी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन क्षेत्रिय सचिव श्रीकान्त यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...