-बलिराम यादव-
वीरगंज । सफा र स्वच्छ वातावरण बनाउन सबै नागरिक जिम्मेवार हुनु पर्ने ‘‘वातावरण जिउने आधार’’ संस्थाले आग्रह गरेको छ । ‘‘सिर्सिया नदी सफाई’’ महाअभियान अन्तर्गत सिर्सिया नदीलाई फोहोरमुक्त बनाई सफा र स्वच्छ वातावरण बनाउनमा लाग्नु पर्ने आम नागरिकलाई आग्रह गरिएको छ ।
‘‘वातावरण जिउने आधार’’द्धारा आयोजित ‘‘सिर्सिया नदी सफाई’’ आठौं सातामा प्रवेश गर्दै आज वीरगंज महानगरपालिका वडा नं. १० बजरङ्ग टोलस्थित खाल्वाटोल सिरिसिया नदीमा सफाई गरिएको छ । नदी सफाई गर्दै नदीमा फोहोर नफाली सफा र स्वच्छ राख्न स्थानीयसंग आग्रह गरिएको थियो ।
सफा र स्वच्छ पानीको लागी नदीलाई फोहोरमुक्त बनाउन प्रत्येक हप्ता २÷२ घण्टा नारासहितको जनचेतना फैलाई वातावरण स्वच्छ बनाउने महाअभियानमा लागेको संस्थाका केन्द्रिय कोषाध्यक्ष रोशन पटेलले बताए ।
उनले वातावरणः जिउने आधार संस्था आशावादी रहेको बताउँदै सिर्सिया नदीलाई सफा र स्वच्छ बनाउने यस अभियानलाई सफल पार्न सहयोग गर्न आम नगारिकलाई अनुरोध गरे ।
विभिन्न उद्योग, कलकारखाना तथा घरबाट निस्केको फोहोरले सिर्सिया नदी दुषित भएको बताउँदै उनले नदीको दुषित पानीको कारण धार्मिक कार्य गर्न बाँधा, छालामा विभिन्न किसिमको रोग, नदीसंग जोडिएको गाउँमा प्रदुषण फैलिनु जस्ता अनेकौ समस्या आएकोले नदीलाई सफा र स्वच्छ राख्न सबै जिम्मेवार हुनु पर्ने उनले आग्रह गरे ।
सरसफाइ कार्यक्रममा वातावरणः जिउने आधार बारा,पर्सा र रौतहटका संयोजक आशुुुतोष चतुर्वेदी, वीरगंज महानगरपालीका वडा नं १० का वडा सदस्य, वीरगंज महानगरपालीका सफाईकर्मी, आदर्शनगर प्रहरी चौकी, बिर्ता वडा प्रहरी, जिल्ला ट्राफिक प्रहरी, जिल्ला प्रहरी, ग्रीन आर्मी, वर्ड युनाईटेड युवा कलबका अध्यक्ष शेष हजरा,वातावरणः जिउने आधार पर्साका कर्यकारी अध्यक्ष राजन गिरी, जिल्ला उपाध्यक्ष पवन पटेल,सचिव मुस्कान, प्रभाकर चौरसिया, मयंक गुप्ता लगायत स्थानीय भद्रभलाद्मीको सहभागीता रहेको थियो ।






