Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सन् २०२१ को सुरुदेखि नै गरिब देशहरुले पनि खोप पाउँछन् : डब्ल्यूएचओ

spot_img
spot_img

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गरिब देशहरुले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने जनाएको छ ।

नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने डब्ल्यूएचओले दाबी गरेको छ ।

सबै देशले कोरोना विरुद्धको खोप किनेर लैजान नसक्ने भन्दै डब्लुएचओले ती गरिब देशहरुमा पनि सन् २०२१ को सुरुदेखि नै खोप पठाइने उल्लेख छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेभ्रिएससले महामारीका बेला पनि गरिब देशलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको बताएका छन् । उनले डब्ल्यूएचओ र साझेदार संस्थाहरुले कोभ्याक्सलगायतका खोप छिट्टै उपलब्ध हुनसक्ने बताएका हुन् ।

उनीहरुले सबैलाई पुग्नेगरी खोप बनाउने तयारी भइरहेको पनि जानकारी दिएका छन् । विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...