Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

चाेरीकाे भारतिय सुमाेमा नेपाली नम्बर राखीएकाे अवस्थामा बरामद

spot_img
spot_img

वीरगंज । भारतबाट चोरी गरी नेपाली नम्बर राखि चलाइरहेकाे सुमाे गाडी बारा प्रहरीले बरामद गरेकाे छ ।

भारतबाट चाेरी पैठारी गरी नेपाल भित्राएको सेतो रंगको सुमो गाडीमा काल्पनिक नम्बर बा.२ च ८२७५ राखी लुकाई छिपाई कलैया उपमहानगरपालिकाको वडा एरियामा चलाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा शुक्रबार विहान ५ बजेको बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बारा जिल्लाकाे कलैया उप-महानगरपालिका वडा नं.५ बरेवास्थित सार्वजनिक सडक खण्डमा साे गाडी फेला पारी चेकजाँच गर्दा उक्त गाडी भित्रबाट BR 3P 0321 नं. को भारतिय गाडीको बिलबुक फेला परको थियाे ।

बिल बुकमा भएको इन्जिन नम्बर र चेचिस नम्बर उल्लेखित सुमो गाडीको इन्जिन र चेचिस नं.सँग मेल आएकोले उक्त गाडी चोरीको गाडी भएकाे आशंकामा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।

भारतबाट चोरी गरी नेपाल भित्रयाई काल्पनिक नम्बर राखेको यकिन भएको हुँदा बरामद भएको रु १० लाख पर्ने सुमो गाडीलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंज, पर्सामा बुझाइएको प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...