Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

चाेरीकाे भारतिय सुमाेमा नेपाली नम्बर राखीएकाे अवस्थामा बरामद

spot_img
spot_img

वीरगंज । भारतबाट चोरी गरी नेपाली नम्बर राखि चलाइरहेकाे सुमाे गाडी बारा प्रहरीले बरामद गरेकाे छ ।

भारतबाट चाेरी पैठारी गरी नेपाल भित्राएको सेतो रंगको सुमो गाडीमा काल्पनिक नम्बर बा.२ च ८२७५ राखी लुकाई छिपाई कलैया उपमहानगरपालिकाको वडा एरियामा चलाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा शुक्रबार विहान ५ बजेको बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बारा जिल्लाकाे कलैया उप-महानगरपालिका वडा नं.५ बरेवास्थित सार्वजनिक सडक खण्डमा साे गाडी फेला पारी चेकजाँच गर्दा उक्त गाडी भित्रबाट BR 3P 0321 नं. को भारतिय गाडीको बिलबुक फेला परको थियाे ।

बिल बुकमा भएको इन्जिन नम्बर र चेचिस नम्बर उल्लेखित सुमो गाडीको इन्जिन र चेचिस नं.सँग मेल आएकोले उक्त गाडी चोरीको गाडी भएकाे आशंकामा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।

भारतबाट चोरी गरी नेपाल भित्रयाई काल्पनिक नम्बर राखेको यकिन भएको हुँदा बरामद भएको रु १० लाख पर्ने सुमो गाडीलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंज, पर्सामा बुझाइएको प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...