वीरगंज । नेपाली कांग्रेसकाे बिन्दवासिनी गाउँपालिका संयाेजकमा विवेक कुमार चाैरसिया चयन भएका छन् ।
नेपाल तरुण दल पर्साका सचिव समेत रहेका चौरसिया नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाकाे वडा नं. २ काे सभापति एवम् गाउँपालिका संयोजकमा चयन हुनु भएको हुन् ।
नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले एक पत्रमार्फत चाैरसियालाई पार्टीकाे विन्दवासिनी गाउँपालिका वडा नं. २ काे सभापति एवम् गाउँपालिका संयाेजकमा चयन गरिएकाे जानकारी गराएका छन् ।
साेही पत्रमार्फत उनले चाैरसियालाई नेपाली कांग्रेसकाे विधान वमाेजिम संगठनकाे कार्य गर्न भन्दै कार्यकाल सफल्ताकाे कामनासमेत गरेका छन् ।
याेसंगै चाैरसिया अगामी स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट गाउँपालिका अध्यक्षकाे उम्मेदवार हुुन सक्ने सम्भावना समेत बढेकाे छ ।
प्रतिक्रिया लेख्नुहोस