Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

६५ के.जी. अवैध चाँदीका गर–गहना बरामद

spot_img
spot_img

वीरगंज । भारतबाट राजश्व छली गरी लुकाई छिपाई राखेको ६५ के.जी.अबैध चाँदीका गर–गहनाहरु बरामद भएको छ ।

पर्सा प्रहरीले वीरगंज महानगरपालिका–६ स्थित सुनिता सर्राफको घरमा मंगलबार छापा मार्दा निजकै नाममा दर्ता रहेको माँ जय नरसिंह ज्वेलर्सको पछाडीको कोठामा भण्डारण गरी राखिएको चाँदीको जस्तो देखिने सेतो धातुबाट बनेको अ ६५ के.जी. गर–गहनाहरु बरामद गरेको हो ।

जय नरसिंह ज्वेलर्सको पछाडीको कोठामा भण्डारण गरी राखिएको भन्ने सूचनाको आधारमा सो घरकोठाको रीतपुर्वक खानतलासी गर्दा उक्त घरमा  लुकाई छिपाई राखेको अवस्थामा उक्त चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद चाँदी करिब रु.५२,००,०००।– (बाउन्न लाख) मूल्य बराबरको रहेको अनुमान गरिएको छ । बरामद चाँदी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवैध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले सुनिताको श्रीमान दिपक सर्राफलाई पक्राउ गरेको छ । उनी भारतीय नागरिक हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...