Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

६५ के.जी. अवैध चाँदीका गर–गहना बरामद

spot_img
spot_img

वीरगंज । भारतबाट राजश्व छली गरी लुकाई छिपाई राखेको ६५ के.जी.अबैध चाँदीका गर–गहनाहरु बरामद भएको छ ।

पर्सा प्रहरीले वीरगंज महानगरपालिका–६ स्थित सुनिता सर्राफको घरमा मंगलबार छापा मार्दा निजकै नाममा दर्ता रहेको माँ जय नरसिंह ज्वेलर्सको पछाडीको कोठामा भण्डारण गरी राखिएको चाँदीको जस्तो देखिने सेतो धातुबाट बनेको अ ६५ के.जी. गर–गहनाहरु बरामद गरेको हो ।

जय नरसिंह ज्वेलर्सको पछाडीको कोठामा भण्डारण गरी राखिएको भन्ने सूचनाको आधारमा सो घरकोठाको रीतपुर्वक खानतलासी गर्दा उक्त घरमा  लुकाई छिपाई राखेको अवस्थामा उक्त चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद चाँदी करिब रु.५२,००,०००।– (बाउन्न लाख) मूल्य बराबरको रहेको अनुमान गरिएको छ । बरामद चाँदी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवैध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले सुनिताको श्रीमान दिपक सर्राफलाई पक्राउ गरेको छ । उनी भारतीय नागरिक हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...