Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

पर्सासहित मध्य–तराईमा एक्कासी हुस्सो र शितलहर

spot_img
spot_img

वीरगंज । पर्सा लगायत मध्य–तराईमा एक्कासी चिसो बढेको छ । आज बिहानैदेखी अत्यधिक कुहिरो लागेर एक्कासी चिसो बढेको छ । बिहानैदेखी सितलहरसंगै बढ्दै गएको चिसोको कारण बृद्ध बृद्धा तथा बालबालिकाहरु घरबाट बाहिर निस्कनेहरुको संख्यामा कमी आएको छ ।

चिसोको कारण सबै भन्दा बढि बालबालिका तथा बृद्ध बृद्धा प्रभावित भएका छन् । बिहानै देखी शितलहर चलेर जाडो बढ्दै गएपछि बालबालिका तथा बृद्ध बृद्धा आगो बालेर ताप्ने गरेका छन् ।

हुस्सो र शितलहरको कारण चिसो बढ्दै गएपछि बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा पर्न सक्ने भएकोले घरभित्रै सुरक्षति बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

चिसो बढेपछि पसकिो सदरमुकाम वीरगंज शहरमा मानिसको चहलपहल घटेको छ । पर्साको ग्रामिण भेगबाट हजारौको संख्यामा दैनिक मजदुरी गर्न वीरगंज आउने मजदुर पनि प्रभावित भई उनीहरुको संख्यामा कमी आएको छ । निरन्तर यसरी नै कुहिरो बढ्दै गयो भने दैनिक मजद’री गरि जिविकोपार्जन गर्ने परिवार समेत मारमा पर्ने अवस्था आउँन सक्छ ।

कुहिरोले गर्दा २५/३० मिटर पर देखिएको छैन् । जसले सवारी साधन आवत जावतमा पनि कमी आएको छ र केही सवारी साधनहरु लाईट बालेर चलिरहेका छन् । सवारी साधन लाईट बालेर चलाए पनि पूर्वपश्चिम राजमार्गमा कुहिरोले दुर्घटनाको जोखिम बढेको देखिन्छ ।

प्रत्येक वर्षझै यसवर्ष पनि हुस्सो र शितलहरले हुने जोखिमबाट बचाउँन विपत व्यवस्थापन समिति अगाडीदेखी नै सक्रिय हुन आवश्यक रहेको बुद्धिजिवीहरुले बताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...

राउन्ड टेबल र रोट्र्याक्ट क्लबको कार्यक्रममा ५८ जनाले दिए रगत

वीरगञ्ज । राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको घण्टाघरस्थित आयोजित...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...