Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कडा कारवाही गर्न हिन्दु परिषदको माँग

spot_img
spot_img

विश्व हिन्दू परिषद् नेपालले रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कडा कार्वाही गर्न माँग गरेको छ ।
जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले सोमबार सफाई दिएको छ । सफाई दिएसँगै गलत मनसाय राखी पुज्य सन्तमाथि जबरजस्ती करणी जस्तो गम्भिर अरोप लगाउनु निन्दनी एवं दण्डनीय विषय भएको भन्दै विश्व हिन्दू परिषदले सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कारवाहीको माँग गरेको हो ।

हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुँदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासनमाथि नै प्रश्न चिन्ह खडा गर्ने भन्दै परिषदले हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परीक्षण नै नगरी प्रशासनले पूज्य सन्त विरुद्ध कारवाही गर्नु शंकाष्पद रहेको उल्लेख गरेको छ ।

प्रशासनको लापरवाही एवं अकर्मन्यताका कारण पूज्य सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नुप¥यो, परिषदका महासचिव जितेन्द्र कुमार सिंह द्धारा हस्ताक्षर सहित जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, बहुसंख्यक हिन्दुहरुको देशमा समेत साधुसन्तमाथि यस किसिमको षडयन्त्र एवं दुव्र्यवहार गरिनु चिन्ताजनक विषय हो ।

प्रशासनबाट गरिएको कृत्यको विश्व हिन्दु परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ साथै हिन्दु आस्था एवं पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)को चरित्र हत्या गर्नेलाई कडा कारवाहीको गर्नुपर्ने माँग समेत अगाडी सारेको छ ।

अब उपरान्त हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू जनमानसको आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...