Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कडा कारवाही गर्न हिन्दु परिषदको माँग

spot_img
spot_img

विश्व हिन्दू परिषद् नेपालले रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कडा कार्वाही गर्न माँग गरेको छ ।
जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले सोमबार सफाई दिएको छ । सफाई दिएसँगै गलत मनसाय राखी पुज्य सन्तमाथि जबरजस्ती करणी जस्तो गम्भिर अरोप लगाउनु निन्दनी एवं दण्डनीय विषय भएको भन्दै विश्व हिन्दू परिषदले सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कारवाहीको माँग गरेको हो ।

हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुँदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासनमाथि नै प्रश्न चिन्ह खडा गर्ने भन्दै परिषदले हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परीक्षण नै नगरी प्रशासनले पूज्य सन्त विरुद्ध कारवाही गर्नु शंकाष्पद रहेको उल्लेख गरेको छ ।

प्रशासनको लापरवाही एवं अकर्मन्यताका कारण पूज्य सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नुप¥यो, परिषदका महासचिव जितेन्द्र कुमार सिंह द्धारा हस्ताक्षर सहित जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, बहुसंख्यक हिन्दुहरुको देशमा समेत साधुसन्तमाथि यस किसिमको षडयन्त्र एवं दुव्र्यवहार गरिनु चिन्ताजनक विषय हो ।

प्रशासनबाट गरिएको कृत्यको विश्व हिन्दु परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ साथै हिन्दु आस्था एवं पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)को चरित्र हत्या गर्नेलाई कडा कारवाहीको गर्नुपर्ने माँग समेत अगाडी सारेको छ ।

अब उपरान्त हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू जनमानसको आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल आग्रह गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, समर्थकद्वारा भव्य स्वागत

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।...

मेयर सिंहसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको लिखत...

मधेशमा मन्त्रिपरिषद् विस्तार, एमालेले पायो ४ मन्त्रालय, युवराज भट्टराई अर्थमन्त्री

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारीको सहमति जुटेपछि मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ...