Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

भारतमा मोदी सरकार बिरुद्ध देशभरीका किसान आन्दोलित

spot_img
spot_img

भारतमा मोदी सरकारबिरुद्ध किसानले एक दिनको लागी देशव्यापी रुपमा बन्दको आह्वान गरेका छन् । भाजपाको मोदी नेतृत्व सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरुले आज (मंगलबार) लागि भारत बन्द गर्ने घोषणा गरेका हुन ।

किसानहरुको आन्दोलनमा १८ वटा विपक्षी पार्टीले पनि सहयोग गरेका छन् । आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन् ।

किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन् भने विगत १२ दिनदेखी पन्जाब र हरियाणका किसान आन्दोलनमा छन् ।

बिहानदेखी साँझसम्म बन्द गर्ने र दिउँसो ३ बजेसम्म चक्काजाम गरिने किसान बलबिर सिंहले बताएका छन् । उनले भने,‘‘आज दूध–तरकारी शब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह रोकिने छैन ।

सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ । तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन। सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गर्दै कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर किसान भने तीनवटै कृषि कानुन रद्द नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

सरकारसँग किसानको अर्काे बार्ता फेरी भोली बुधबार हुनेछ । बीबीसी

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...