Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सामाजिक विकृति बिरुद्ध किशोरीहरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २९ मा रहेको एकता किशोरी संवाद संजालको पुर्नगठन भएको छ ।

किशाेरीहरुकाे एक भेलाले छठि कुमारी मण्डलकाे संयाेजकत्वकमा १७ सदस्यिय संजाल पुर्नगठन भएकाे छ । जुन संजालकाे सह संयाेजकमा अनिसा गुप्ता, सचिवमा पिंकी चौधरी, सह सचिवमा अफ्रिमा खातुन, कोषाध्यक्षमा ईन्दु गुप्ता चयन भएका छन्।

नवगठित संजालका पदाधिकारीहरुले आफुहरु अझ बढि जिम्मेवार हुदै समुदायमा व्याप्त विकृति विसङ्ति बिरुद्ध शसक्त रुपमा लाग्दै समतामुलक समाज निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । एक वर्ष सम्म संवाद केन्द्रमा भएको छलफलले आफुहरुले धेरै कुरा सिकेको र त्यो सिकेको कुरालाई ब्यवहारमा लागु गर्दै आफ्नो समुदायमा ब्याप्त सामाजिक समस्याहरु हटाउनको लागि आफुहरु लागेको उनीहरुले वताए ।

संजालकी संयोजक मण्डलले भनिन “आफ्नो समुदायमा बालबिवाह, दाइजो प्रथा, महिला तथा किशोरीहरुमाथी बिभिन्न तरिकाले हिंसा हुने गरेको, जातिय छुवाछुत अझै पनि कायम रहेको, म जस्ता धेरै किशोरीहरु बिद्यालय बाहिर रहेकोले यी समस्याहरुलाई हटाउदै सबैले आफ्नो अधिकार प्राप्त गर्न सक्ने छन् । हामी किशोरीहरु एकजुट भएर संजाल गठन गरेका छौ र समाजमा रहेका सबै नराम्रो संस्कार, सबै खालका हिंसाहरुलाई हटाएरै छाड्ने छौं ।”

संजालले आफ्नो १ वर्षे कार्ययोजना निर्माण गरेको छ र सोहि कार्ययोजना अनुसार आफ्नो समुदायमा रहेका सामाजिक कुरितिहरु बिरुद्ध अभियान, पैरवि, तालिम, अन्तरक्रिया जस्ता काम गर्ने किशाेरी संवाद कार्यक्रमका संवाद अधिकृत प्रकाश पाण्डेले वताए ।

संजाल गठन कार्यक्रममा संजाल के हो, यो किन अवश्यक छ, संजाल गठनका प्रक्रियाहरु, पदाधिकारिहरुको काम कर्तब्यको बारेमा संवाद अधिकृत पाण्डे र फिल्ड सुपरभाइजर उमा रायमाझिले जानकारी गराएका थिए ।

युरोपियन युनियनको आर्थिक सहयोग र नेपाल ग्रामीण पुर्ननिर्माण संस्थाको आयोजनामा संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत संजाल पुर्नगठन गरिएकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...