Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

वीरगंजबाट अवैध हतियारसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले अवैध हतियारसहित वीरगंजबाट एक जनालाई पक्राउ गरेकाे छ ।

वडा प्रहरी कार्यालय श्रीपुरले मंगलबार सांझ ७ बजे सर्लाहीकाे बलरा नगरपालिका वडा नं.१० सुदामा घर भई हाल बीरगंज महानगरपालिकाकाे वडा नं.११ स्थित दुर्गा टोल बस्ने बर्ष ४९ को जितेन्द्र प्रसाद सिंहलाई पक्राउ गरेकाे हाे ।

उनले आफ्नो घरमा अवैध हात-हतियार लुकाइ छिपाइ राखेको विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरतथा विर्ता पर्साबाट खटि गएको प्रहरी टोलीले निजकाे घर रितपूर्वक खानतलासी गर्दा स्टील दराजको Safe Box भित्र  7.65 mm को गोली राउण्ड ४ म्यागजिनमा लोड गरी राखिएको पेस्ताैल बरामद भएकाेले नियन्त्रण लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरीका अनुसार निजकाे घरबाट म्यागजिन थान-१,पेस्तौल थान-१ र मानिसलाई बेहोस पार्ने  Anaesthetic Ether I.P. 500 ml को १ बोत्तल बरामद भएकाे हाे ।

पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साकाे हिरासतमा राखि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...